जेठ २२, सल्यान ।
विश्व वातावरण दिवस सल्यानकाे कपुरकाेट बाेट विरुवा राेपेर तथा सरसफाइ गरेर मनाइएकाे छ । “पलास्टिक जन्य प्रदुशणको समाधान” भन्ने मूल नाराका साथ जुन ५ मा संसारभर मनाइने वातावरण दिवस कपुरकाेटमा “पलास्टिकजन्य प्रदुषण निर्मूल पारौं वातावरणमैत्री बिकल्पको उपयोग गरौं” भन्ने नाराका साथ मनाइएको हाे ।
वनस्पति अनुसन्धान केन्द्र सल्यानको संयोजन तथा कपुरकोट सब-डिभिजन वन कार्यालय, कपुरकोट गाउँपालिका र कपुरकोट बजार ब्यवस्थापन समितिको सहकार्यमा कपुरकोट बजार र मूलपानी क्षेत्रमा सरसफाइ गरिएकाे हाे ।
पलास्टिक जन्य फोहोरको ब्यवस्थापनका लागि सचेतना र्याली संगै सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । गाउँपालिका अध्यक्ष दुर्गा पुन र कपुरकोट ३ का वडाध्यक्ष प्रदिप खड्काले वनस्पती अनुसन्धान केन्द्रको प्रबेश द्वार आसपासमा कपुरको बोट रोपेर कार्यक्रमको सुरुवात गरिएको थियो । सरसफाइ कार्यक्रमाको सुरुवातमा वनस्पति अनुसन्धान केन्द्र प्रमुख डा मित्र पाठकले सचेतना मन्तब्य एवं कार्यक्रमको औचित्यता पुष्टि गरेका थिए ।
बजार क्षेत्रबाट स्व:स्फूर्त सहभागि भई आफ्नो पर्यावरण स्वच्छ राख्ने अभियानमा सहभागि हुन आयोजक सस्थाका कर्मचारीका साथै स्थानिय संघ सस्था, विद्यालय, कलेजका शिक्षक बिद्यार्थीहरु, बैंक बित्तिय सस्था, स्थानिय बुद्दिजिवी, कर्मचारीहरु, प्रहरी प्रशासन, ब्यापारी, पत्रकार र स्थानियबासीहरु सयौँको स्वस्फूर्त उलेख्य उपस्थिती थियो ।
कार्यक्रममा सहभागिहरुले विभिन्न नारा लेखिएका प्ले कार्डहरु बोकेर र्याली समेत गरेका थिए । सोही अवसरमा मूलपानी वनस्पती उद्यान भित्र र आसपासका मिचाहा वनस्पतिहरु समेत नस्ट गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकले बताए ।