जेठ २२, सल्यान ।
विश्व वातावरण दिवसको अवसरमा कुपिण्डे ताल सरसफाइ गरिएको छ । दिवसको अवसरमा वनगाड कुपिण्डे नगरपालिकाले जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलमा सरसफाइ गरेको हो ।
प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ भन्ने नारा सहित देशका १०० पर्यटकीय गन्तव्यमा पर्ने कुुपिण्डेमा एक कार्यक्रमको आयोजना गरी दिवस पनि मनाइएको छ ।
सरसफाइ कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, वडा अध्यक्ष कुलबहादुर पुरी, गणेश वि सी, कार्यपालिका सदस्य नम्रता कामी, लेखा अधिकृत दिनेश भण्डारी, प्राविधिक शाखा प्रमुख महेश देवकोटा, स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेल, जिन्सी शाखा प्रमुख घनश्याम बिसी, योग गुरु वसन्त कुमार शर्मा, शिव बहादुर वली, दिवाकर ऐरी, दीपक ऐरी, सुरक्षा कर्मीहरू, शिक्षक, विद्यार्थी, स्थानीयहरूको सहभागिता रहेकाे थियाे ।
कार्यक्रमको सहजीकरण आयुर्वेद शाखा प्रमुख हेमन्त चन्दले गरेका थिए ।