नेपाल किक बक्सिङ संघ सल्यानकाे अध्यक्षमा प्रमोद भण्डारी


साउन ३२, सल्यान ।

सल्यानमा नेपाल किक बक्सिङ संघ गठन भएको छ , जसको अध्यक्ष पदमा प्रमोद भण्डारी चयन भएका छन् ।

नेपाल किक बक्सिङ संघका केन्द्रिय उपाध्यक्ष हरि विष्टको उपस्थितिमा बुधबार सल्यान खलंगामा भएको भेलाले सात सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।

नव गठित नेपाल किक बक्सिङ संघ सल्यानको कार्यसमितिमा उपाध्यक्ष अमर सिंह, सचिब राजु नेपाली (बादल), कोषाध्यक्ष अन्जना चन्द र सदस्यहरु दिपेन्द्र चन्द, प्रकाश शाह, सुनिल वि.क रहेका छन् ।

साथै संघको सल्लाहकारमा सन्तोष के.सी. र बबि शाह रहेका छन् । कराँते महासघ सल्यानका निवर्तमान अध्यक्ष ववि शाहको सहजिकरण तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवराज अधिकारीको रोहबरमा नयाँ कार्य समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार