जनकल्याण नमुना मावि थारमारेले मनायाे ४९ वार्षिकाेत्सव


भाद्र २८, सल्यान ।

सल्यानकाे बागचाैर नगरपालिका २ थारमारेमा रहेकाे जनकल्याण नमुना माध्यमिक विद्यालयले आफ्नाे ४९ वार्षिकाेत्सव मंगलबार मनाएकाे छ ।

नेपाल सरकारका भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे प्रमुख आतिथ्य र कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिमप्रकाश शर्माको विशिष्ट आतिथ्यमा वार्षिकाेत्सव कार्यक्रम सम्पन्न भएकाे हाे ।

२०३१ सालमा स्थापना भएकाे जनकल्याण नमुना मावि सल्यानकाे उत्तरी भागकाे सबैभन्दा ठुलाे विद्यालयकाे रुपमा परिचित छ । याे विद्यालयमा सल्यान सँगै राेल्पा र रुकुमका विद्यार्थीहरुले समेत अध्ययन गर्ने गर्दछ ।

वार्षिकाेत्सव कार्यक्रममा बाेल्दै मन्त्री ज्वालाले विद्यालय विद्याकाे मन्दिर भएकाेले यहाँ कसैले पनि राजनीति गर्न नहुँने बताए । विद्यालय भित्र कुनै आग्रह र पुर्वाग्रह राखेर दलीय, जातीय, धार्मिक, लैंगीक विषयहरु राख्न नहुने ज्वालाकाे भनाइ थियाे । विद्यालयकाे शैक्षिक सुधार र भाैतिक निर्माणका लागि आ फुले सक्दाे पहल गर्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका सांसद उदयबहादुर बाेहरा , जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावल, समन्वय समितिका निवर्तमान प्रमुख तथा नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्ट, बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, उपप्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार गाैतम, कांग्रेसका कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगी लगायत दर्जनाैंले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकाेत्सवकाे अवसरमा जनकल्या नमुना माविकाे स्मारिका समेत बिमाेचन गरिएकाे थियाे । त्यस्तै, कार्यक्रममा यस वर्षको एसइइमा सल्यान जिल्लामा सर्वाेत्कृष्ट स्थान प्राप्त गर्ने छात्र निशान शर्मा लगायत अन्य छात्र छात्रालाई नगद पुरस्कार सहित सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा.पूर्णबहादुर भण्डारीले विद्यालयकाे आयव्यय सहितकाे प्रतिवेदन पेश गरेका थिए भने राष्ट्रिय सेवादल लगायतका विद्यार्थीहरूले आआफ्ना नृत्यहरू प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेरखबहादुर खत्रीको अध्यक्षतामा र सदस्य इवरी केसीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन गरिएकाे उक्त कार्यक्रमकाे सञ्चालन सहायक प्रअ तुल्सीराम बस्नेत , शिक्षक टेकबहादुर डि.सी.र प्रगति के.सी.ले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार