दाङ,२ असोज। दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते निर्वाचन हुँदैछ । निर्वाचनको लागि दुई वटा प्यानलका ४० जनाले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्तापछि ३२ जनामाथि दाबी बिरोध हालिएको छ । दाबी बिरोध हालेपछि उत्पादन भएको विवादमा हालका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीसंग जोडेर समाचार आएकोप्रति आपती जनाएका छन् ।
कार्कीले निर्वाचन मर्यादी हुनुपर्छ, संस्थाका बिधान अनुसार उम्मेदवारी हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेपनि चुनाव सार्नुपर्छ, चुनाव स्थगित गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताए । साथै यस विषयमा आफुले कुनै पत्रकारसंग नभनेको र मेरो नाम जोडेर आएको समाचार, लेख्ने मिडियाप्रति गम्भीर आपती रहेको बताएका छन् । आगामी दिनमा मेरो नाम जोडेर समाचार लेख्दा सम्बन्धित व्यक्तिसंग कुरा गर्न समेत स्वयम कार्कीले आग्रह गरेका छन् ।