• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सल्यानमा शिक्षक र शिक्षिका नै छनाेट भए एमालेकाे प्रतिनिधि


असाेज ३, सल्यान ।

नेकपा एमालेको कर्णाली प्रदेशकाे प्रथम प्रदेश अधिवेशनका लागि सल्यानबाट तीनजना जना शिक्षक र शिक्षिकाहरु नै प्रतिनिधिमा छनौट भएका छन् ।

शिक्षा ऐनले नै कुनैपनि शिक्षक यसरी खुलेर राजनीतिक दलमा लाग्न नहुने भन्ने व्यवस्था भएपनि एमालेकाे प्रतिनिधिमा शारदा नगरपालिकाबाट एकजना शिक्षक र बनगाड कुपिण्डे नगरपालिकाबाट एकजना शिक्षक र एकजना शिक्षिका एमालेकाे प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनाेट भएका हुन् ।

यसरी एमालेकाे प्रतिनिधि छनाेट हुने शिक्षकमा सल्यान बहुमुखी क्याम्पसका आंशिक उपप्रध्यापक मधुसुदन शर्मा रहेका छन् । प्रतिनिधि छनाेटका लागि शारदा नगरपालिकामा चुनाव नै भएकाे थियाे । जसमा एमाले प्रदेश कमिटी सदस्य कुल बहादुर गिरी र शिक्षक मधुसुदन शर्मा बीच चुनाव भएकाे थियाे । दुवै जनाकाे २९/२९ बराबर मत आएकाेमा गाेलाप्रथाबाट मधुसुदन शर्मा छनाेट भएका हुन् ।

उनि एमाले शारदा नगरकमिटीकाे अध्यक्ष बनेर खुलेर राजनीतिमा लागेका छन् । उनि एमाले पाेलिट्ब्यूराे सदस्य गुलाबजंग शाह निकटका व्यक्ति हुन् ।

त्यस्तै बनगाड कुपिण्डे नगरपालिकाबाट श्री मुुक्ति माध्यमिक विद्यालय हिलेपोखरीमा स्थायी शिक्षकको रुपमा कार्यरत शिक्षक अकबर बहादुर पुन र सोही विद्यालयकी नीजी स्रोतबाट अध्यापन गराउँदै आएकी शिक्षिका चन्द्रीका कार्की प्रदेश प्रतिनिधिमा छनौट भएर आएका छन् ।

उनिहरु एमाले सल्यानका अध्यक्ष गोविन्द कुमार पुनका नजिकका नातेदार समेत हुन् । अकबर यसअघि पनि नगर इन्चार्जसमेत भइसकेका छन् । शिक्षण पेशामा आवद्ध उनि खुलेरै एमालेका राजनीतिक गतिविधिमा लागेपनि कोही कसैले प्रश्न उठाउनै नसक्ने वातावरण बनगाडमा तयार भएको बताइएको छ ।

शिक्षकहरुले विगत देखि नै खुलेर राजनीति गर्ने, विद्यालय भन्दा दलको विकासमा ध्यान दिने गरेपछि शिक्षण पेशा पनि बदनीय बन्दै गएकाे छ ।

यसरी जिल्लाका टप लेवलका नेताहरुले शिक्षण पेशामा रहेका आफ्ना नातेदार र नजिकका व्यक्तिहरुलाइ प्रतिनिधिमा ल्याउँदा एमालेकाे तल्लताे तहका नेताहरुले भने असन्तुष्टि जनाएका छन्।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार