• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

काङ्ग्रेस घोराहीले दीप प्रज्वलन गरी संविधान दिवस मनायो


Author Logo..
हिमाल महरा

दाङ। संघीय गणतन्त्र नेपालको संविधान जारी भइ आठौं बर्षमा प्रवेश गरेको अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाएको छ । नेपाली काङ्ग्रेस घोराही नगर समितिले घोराही उपमहानगरपालिका -१४ लखन पर्कमा दीप प्रज्वलन तथा नेपालको झण्डा अनावरण गरि संविधान दिवस मनाएका छन् । नेपाली काङ्ग्रेसका विभिन्न तहका नेता, ब्यापारी ,बुद्धिजीवी , समाजसेवी लगाएत सम्पूर्णले मैनबत्ती बालेर संविधान दिवस मनाएका हुन ।

नेपाली काङ्ग्रेस केन्द्रको निर्देशन अनुसार दीप प्रज्वलन कार्यक्रम गरिएको नगर सभापति तिलक रावतले बताए । प्रमुख अतिथि समेत रहनु भएका नेपाली काङ्ग्रेस दाङ सभापति शंकर प्रसाद डांगीले कार्यक्रमलाई सम्बोधन गर्दै सहिदहरुको योगदानले निर्माण भएको संविधानको सबैले पूर्णरुपमा कार्यान्वयन गर्नु पर्ने बताए  ।

उनले मौलिक अधिकारका विषय संविधानमा ग्यारेन्टी गरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको र संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहकै सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताए । नेपाली काङ्ग्रेस दाङका सभापति शंकर प्रसाद डांगिको प्रमुख अतिथी तथा घोराही नगर सभापति तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब पुष्पराज आचार्यले गरेक थिय ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार