असोज ८, सल्यान ।
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च. १०२५ नं. को सिंगल क्याप जिप सोमबार बिहान सवा ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जीप कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरा स्थित राप्ती राजमार्गमा दुर्घटना भएको हो । गाडी सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ ।
दुर्घटनामा परेका मृतकहरुको सनाखत हुन नसकेको घटनास्थलमा रहेका प्रहरी चौकी कपुरकोटका प्रहरीहरुले जनाएका छन् । गाडी रोल्पाको कुन ठाउँबाट छुटेको हो भन्ने पनि खुलेको छैन् ।