• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

घाँस काट्ने क्रममा चिप्लिएर सल्यानमा एक जनाको मृत्युु


आनन्द बस्नेत

असोज ९, सल्यान ।

सल्यानमा भैंसीलाई घाँस काट्न गएका एकजना पुरुषको भीरबाट खसेर मृत्युु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो ।

बिहान साढे ६ बजे उनी घरदेखि केही भाग तल घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसी उनको घटनास्थलमै ज्यान गएको स्थानीयहरुले बताएका छन् ।

अहिले घटनास्थलमा प्रहरी चौकी बालुवासंग्रही र इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोली पुगेको छ ।

फाइल फोटो 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार