• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सल्यानमा मेलाबाट यात्रु बोकेर फर्किदै गरेको जीप दुर्घटना, १५ जनाभन्दा बढी घाइते


असोज १२, सल्यान ।

सल्यानको गरिपारे मेलाबाट यात्रुहरु लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा १५ जना भन्दा बढी यात्रु घाईते भएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ गरिपारेमा शुक्रबार लागेको स्थानीय मेलाबाट यात्रुहरु बोकेर शारदा नगरपालिकाको स्यानीखालतर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको सफारी जीव दुर्घटना भएको हो ।

जीप बुलेका पौने ५ बजेतिर छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्री कच्चि सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिप सडकबाट करिब ६० मिटर तल खसेको छ । जिपमा सवार चालक सहितका यात्रुहरु घाइते भएको र उनिहरुलाई उपचारका लागि श्रीनगर तर्फ पठाइएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार