• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सल्यान जीप दुर्घटना अपडेट : २ जनाको मृत्यु, १७ जना घाइते (नामावली सहित)


असोज १२, सल्यान ।

सल्यानमा भएको सफारी जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ गरिपारे मेलाबाट शारदा नगरपालिका १२ कागखोला तर्फ आउँदै गरेको लु १ ज १८६१ नम्बरको सफारी जिप तीर्थपोलेस्थित भित्री कच्ची सडक खण्डमा शुक्रबार बेलुकी पौने ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परि शारदा नगरपालिका १२ तिमिले निवासी ७६ वर्षीया धुर्बि बोहरा र शारदा नगरपालिका १५ निवासी ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

दुर्घटनामा परि घाईते हुनेमा शारदा नगरपालिका वडा नम्बर १२ स्थित ५० वर्षीय कालि बहादुर बुढाथोकी, ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, १२ वर्षीया लक्ष्मी खड़का, ४७ वर्षीया कमला बुढाथोकी, ७२ वर्षीया जानकी बोहरा, २५ वर्षीया टिका बोहरा, १३ वर्षीया खिमा ओली, ३५ वर्षीया हिमा ओली, १४ वर्षीया बिमला बुढाथोकी, र प्रकाश बुढाथोकी रहेका छन् ।

त्यस्तै शारदा नगरपालिका वडा नम्बर १३ स्थित २४ वर्षका निरु कवर, २८ वर्षीया रिता बुढाथोकी, ७५ वर्षीया जिउनी बोहर रहेका छन् ।

त्यसैगरी शारदा नगरपालिका १५ निवासी ५७ वर्षीया पेशला भण्डारी, शारदा १ चैबाङज्युला निवासी २१ वर्षका रबिन बुढाथोकी र छत्रेश्वरी गाउँपालिका ५ बस्ने वर्ष २४ की निर्मला बस्नेत घाइते छन् ।

घाइतेहरुको जिल्ला अस्पताल सल्यान र श्रीनगर स्थित विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । जिप सडकबाट करिब ६० मिटर तल खसेको छ

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार