• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

इजरायलमा १० नेपालीको ज्यान जानुमा राज्य व्यवस्थाको दोष !


महेश हिताङ

साँझको करिव ९ वजे तिर हो म ल्यापटपमा काम गर्दै थिए । एक्कासि छिमेक वाट……मेरो वावु, लाई के भयो ? हामीलाई किन छाडेर गयौ ? भन्दै रोएको आवाजले मेरो ध्यान तान्यो । र म विस्तारै उक्त घर तर्फ सोझिए । त्यहाँ पुग्दा प्यालेस्टाईन कटरपन्थी हमासले इजरायलमा गरेको आक्रमणमा परेर छोरा को मृत्युको खबरले छटपटाई रहेको भन्ने थाहा भयो ।

विक्षिप्त परिवार प्रति मैले सहानुभुति प्रकट गर्ने भन्दा गर्न सक्ने अरु के नै थियो र ? ति बुवा आमाको सपना, भविष्यको जिउने साहारा अस्ताउदाको पिडाले छटपटाई रहेको त्यो भावविहोल दृश्य ले मरो मनमा भने अनेकौ प्रश्नहरु को लहरह उठिरहेको थियो ।

साच्चै हामी नेपालीहरु को नियति पनि कस्तो भने युद्ध हुन्छ अन्य देशमा अनि शोक पर्छ हाम्रो घरमा, वस्तु उत्पादन देखि लिएर रोजगारी, स्वास्थ्य लगाएत हरेक कुरामा हाम्रो पर निर्भताको नतिजा हो यो आजको दिन । आज हरेक नेपाली आफना भविष्यका सुनौला सपना पुरा गर्न बाहिर देश जानुको विकल्प छैन ।

देशमा चरम व्यतिथिले देशको अवस्था दिनानु दिन कम्जोर हुदै गईरहेको छ । देशको सार्वजनिक ऋण २३ खर्ब नाघिसकेको छ । अहिले हरेक एक नेपालीको भागमा ७७ हजार ऋणको भार थपिएको छ । यो ऋणकाे भार घट्ने भन्दा पनि ग्राफको उकालोे निरन्तर छ ।

नेपालमा आज कोहि पनि युवा युवती चाहेर पनि स्वदेशमै बस्ने अवस्था छैन । देशमा न रोजगारीको अवसर छ, न त कुनै काम गर्ने अवस्था नै छ त ? मात्र कुशासन अनि भ्रष्टहरुको राज । देशमा परिवर्तन समृद्धि अनि सुशासनका लागि भनेर हजारौं ले आफनो वलिदान दिएर स्थापित गणतन्त्रमा पनि राज्य छ भनि अनुभुति सम्म गर्न सकिने अवस्था छैन् ।

राज्यको ढुकुटिमा केहि सिमित व्यक्तिहरुको हालिमुहालि गर्नु भन्दा अन्य सर्वसाधरणको जनजिविकामा कुनै खास सुधारकोे अनुभुति गर्न सकिएको छैन्  । आज युवा विदेश पलायन हुनुको कारण के हो ? अनि यस्को जिम्मा कस्ले लिने ? सरकार जवाफदेहि छैन, पारदर्शि छैन सरकारको नजिर हेर्दा लाग्छ वैदेशिक रेमिन्टयान्स र चर्को कर बाटै राज्य संचालन गर्ने निति लिएको छ ।

महंगीले जनताको घाँटी थिचिसक्यो, स्वदेशमा केहि उत्पादन हुने कल कारखाना पनि बन्द हुने अवस्थामा छन् । व्यापार व्यवसाय पनि धमाधम सटरमा ताला लाउने अवस्थामा पुगेका छन । अब पनि राज्यले लागानी सुरक्षित गर्ने नीति नलिने हो भने अबका केहि वर्षमा व्यापार व्यवसाय बन्दहुने निश्चित छ । सरकार छ त केवल राजस्व संकलन गर्नका लागि भन्ने गलत भाष्य निर्माण हुने अवस्थको सिर्जना हुनु राम्रो होईन ।

जव आधारभुत आवश्यक्त्ताको पुर्ण ग्यारेन्टि गर्न राज्यले आफनो दायित्व सम्झदैन, आफना जनताको जनभावना अनुसार काम गर्न सक्दैन भने, जनता मात्रै राज्य प्रति उतरदायि हुनु पर्ने के का लागि ? जनतालाई चाहिएको सुशासन, राम्रो स्वस्थ्य, शिक्षा र रोजगारि हो यि न्युनतम आवश्यक्ता पनि राज्यले उपलव्ध गराउन नसक्नुले सरकारको सक्षमता प्रति गम्भिर प्रश्न उठ्ने गर्दछ ।

विश्व बैंक को सन २०२० को तथ्याक अनुसार स्वास्थ्यका निम्ति हुने कुल खर्चमध्ये नेपालीले आफनो खल्ति बाट ५४.१७ प्रतिशत खर्च गर्नुपर्ने वाध्यता रहेको देखाएको छ । उक्त तथ्याक अनुसार विश्वका मानिसले भने औसत १६.३६ प्रतिशतमात्र खर्च गर्दछन र उक्त रकम पनि विश्वभरमा घटने क्रममा देखिन्छ तर नेपालमा यस्को संख्या बढने मा देखिन्छ ।

त्यसैगरी शिक्षा तर्फ हुने कुल खर्चको झण्डै ५७ प्रतिशत पैसा नेपालिले तिर्ने गरेको तथ्याक ले देखाउछ । पैसा खर्च गरेर पनि गुणस्तरिय स्वास्थ्य शिक्षा पाउने कुनै सम्भावना छैन । कमाएको जति सबै शिक्षा अनि स्वस्थ्यमै खर्च गर्नु पर्ने अन्य राज्य लाई कर चाहि तिरि राख्नुपर्ने यहि अवस्था रहे विदेशिनु नत्र देश भित्रै विद्रोह गर्नुको विकल्प नहुने देखिन्छ । तसर्थ सरकारले जनताको भावना अनुरुप राज्य संचालन गरि एक जवाफदेहि, जिम्मेवार सरकारको भुमिका निर्वाह गर्नु आवश्यक छ ।

इजरायलमा भएको घटना एक दृष्टान्त मात्र हो । कति नेपाली अझै पनि ज्यानको बाजि राखेर अनेकौ रंगिन सपना पुरा गर्ने लक्ष्यका साथ बाहिरिनुको तथ्याकं त सरकार संग पनि छैन होला । प्यालेस्टाईनको हमला बाट इजरायलमा १० नेपालीले हताहत अनि सयौको सख्यामा घाईते भएको खबरले सारा देश शोकमा डुबेको छ ।

राज्यले समस्यामा परेकाहरु लाई छिटो भन्दा छिटो उद्धार गरि नेपाल फर्काउने र मृतकको शव लाई उनिहरुका घरपरिवार लाई पुयाउन छिटो भन्दा छिटो व्यवस्था मिलाउने र उचित क्षतिपुर्तिको पनि व्यवस्था गर्नु पर्छ । राज्यले यस्ता अफ्ठ्यारा परिस्थिति नदोरिउस भन्नका लागि सकेसम्म देशमै रोजगारिको सृजना गर्ने शिक्षा, स्वास्थ्य लगाएका संरचनाको सुधार रणनितिक योजना बनाई जनतामा सक्षम राज्यको अनुभुति गराउन तर्फ लाग्नुपर्ने हुन्छ र वैदेशिक रोजगारी वा अध्यनका लागि बाहिर जाने नेपालीहरुको वास्तविक तथ्याक राख्ने र मानविय जोखिम कम भएका वा नहुने देशमा काम गर्न जानका लागि अभिप्ररित गर्ने निति बनाई कार्यान्वयन पक्षमा राज्यको तदारुक्ता बढाउनुका साथै संरचना चुस्त दुरुस्त बनाउनु पर्ने आवश्यक छ ।

यसरी आज छिमेकिको घरमा परेको दुख भोलि हामिलाई नपर्ला भन्न सकिदैन वैदेशिक रोजगारिका लागि बाहिर नजाने घरका सदस्य सायदै नेपालमा न्युन होला तसर्थ हामि पनि वैदेशिक रोजगारीमा जादै गर्दा जाने देश र काम प्रति सचेत हुनु जरुरि छ । इजरायलको घटनमा दिवंगत हुने मृतकको परिवारका सदस्यमा धैर्य धारण गर्न सक्ने क्षमता मिलोस र मृतको आत्माले शान्ति मिलोस हार्दिक श्रदाञ्जली ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार