बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको निर्देशनमा मातहत ट्राफिक प्रहरी पोष्ट “शम्सेरगंज, चिसापनि, धनौली, भगवानपुर, फुलटेक्रा,हाईस्कुल “लुम्बिनी प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्वसाधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू गरिएको छ । साथै राप्ती सोनारी गा.पा. ८ शम्सेरगंज बजार क्षेत्रमा जथाभाबि पार्किङ गरि राखेका अटोहरु व्यबस्थित गर्ने सम्बन्धमा सरोकारवाला संग छलफल गरी बजार नजिकै खालि रहेको ठाँउमा पार्किङ गर्ने व्यबस्था गरिएको बाँके ट्राफिकले जानकारी दिएको छ ।