• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि कपुरकाेटमा एनएलजी इन्स्योरेन्सको सचेतना कार्यक्रम


कार्तिक २०, सल्यान ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानमा कृषि पशुपंक्षी बीमा सचेतना कार्यत्रम सम्पन्न गरेको छ । कम्पनीले कार्तिक १९ गते कपुरकोट गाउँपालिकाको सभाहलमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका बिजनेश कोअर्रिडिन्टर सुनील श्रेष्ठले छलफल कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराए ।

प्रमुख अतिथी कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले कृषकहरुलाई सरकारबाट बीमा शुल्कमा ८० प्रतिशत सम्मको अनुदान समेत रहेको र थोरै रकमले लाखौको सम्पतीको आर्थिक सुरक्षा प्रदान गर्ने भएकोले सबैले बीमा गरेर भविष्यमा आईपर्न सक्ने आर्थिक भारबाट मुक्त रहन बीमा गर्नलाई अभिप्रेरीत गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कृषि र पशुपन्छि बिमा कृषकहरुको लागि फलदायी हुने बताए । उनले भने प्राकृतिक बिपत्ति कति बेला आउछ था हुदनै बिभिन्न समयमा बालिनाली तथा पशुपन्छिमा क्षेति हुना सक्ने हुदा कृषकले कृषि तथा पशुपन्छि बिमा गरी बीमाबाट लाभ लिन सक्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार ओलिले मन्तव्यको क्रममा कपुरकोट गांउपालिकाका किसानहरुलाई कृषि बीमाबाट लाभ लिन अनुरोध गर्दै पालिकाको तर्फबाट पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफल कार्यक्रममा सहभागी किसानहरुले कृषी तथा पशुपन्छी बीमा सम्बन्धी बृहत् छलफल चलाउनु भएकोमा खुशी व्यक्त गर्नुहुदै आफ्ना बालीनालीको बीमा गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले छलफल कार्यक्रममा उपस्थित भएकाहरुलाई धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए । उक्त छलफल कार्यक्रमको सञ्चालन तथा स्वागत कम्पनीका सल्यान शाखाका प्रमुख अनुराग बोहराले गरेका थिए ।

कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, बिशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, बिशिस्ट अतिथिमै प्रमुख प्रशासकिय अधिकृत भरत कुमार ओली, विभिन्न वडाका वडा अध्यक्षहरु, कृषकहरु लगायत गरेर करिब ८५ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार