• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सिद्ध कुमाख गाउँपालिकाका आमा समुहलाई साउन्ड सिस्टम वितरण


सल्यान ।

सल्यानकाे सिद्ध कुमाख गाउँपालिका भित्रका २७ वटा आमा समुहलाई साउण्ड सिस्टम वितरण गरिएको छ ।

तिहार नजिकिए सँगै देउसी भैलाे खेल्नलाइ सहज हाेस् भन्ने हेतुले महिला आमा समुहलाइ साउन्ड सिस्टम गाउँपालिकाले वितरण गरेकाे हाे । गाउँपालिकाकाे आर्थिक वर्ष २०८०।०८१ काे बजेटअनुसार पालिकाले साउन्ड सिस्टम खरिद गरेर बिहिबार आमा समुहलाइ हस्तान्तरण गरेकाे हाे ।

साउन्ड सिस्टम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष भरत गिरीले हरेक टोल टोलमा जनचेतनामूलक कार्यक्रम गर्नलाई आमा समुहको महत्वपुर्ण भुमिका रहेको साथै पुराना कला र संस्कृतिको संरक्षणमा समेत आमा समुहले सक्रिय भुमिका निर्वाह गर्दै आएको हुदाँ साउण्ड सिस्टम प्रदान गरिएको बताए ।

आउदै गरेको शुभ दिपावलीको अवसरमा गाउँघरमा देउसीभैलो खेल्न सहज हुने भन्दै साउण्ड सिस्टमको भरपुर उपयोग हुने आमा समुहले जनाएका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार