कार्तिक २८, सल्यान
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले भूकम्प पीडितका लागि आफ्नो पार्टीले एक करोड भन्दा बढीको राहत सामाग्री सहयोग गरेको बताएका छन् ।
जाजरकोट, रुकुम र सल्यानका भूकम्प पीडितका लागि खाद्यान्न, जेन्सी सामान र नगदसहित करिब एक करोडको सहयोग सहायता प्रभावित क्षेत्रका स्थानीय सरकार र प्रशासनलाई हस्तान्तरण गरेको महासचिव विप्लवले बताए । पार्टीले उत्पादन गरेको ५० क्वइन्टल चामल, पार्टी कोष तथा देशका विभिन्न ठाउँहरुबाट संकलन गरिएको सामाग्री हस्तान्तरण गरिएको उनलेे बताए ।
जाजरकोट र रुकुमका भूकम्प पीडितका बस्तीबाट फर्किएपछि सल्यानको दार्मामा पत्रकार सँग कुरा गर्दै उनले भूकम्प पीडितहरु अवस्था दर्दनाक अवस्था भएको बताए । सरकारले भूकम्प पीडितको पुनर्स्थापित घरका लागि अब तत्काल लाग्नुपर्ने विप्लवको भनाइ छ ।
नेकपाले दार्मा गाउँपालिकाका भूकम्प पीडितका लागि त्रीपाल, बल्यान्केट , कपडा , म्याट्रीक्स र खाद्यन्न लगायत सामग्रीहरु दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको जिल्ला सेेक्रेटरी मदन चन्दले बताए । दार्माको ढाकाडममा भएको कार्यक्रममा नेेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, केन्द्रीय सदस्य असल क्षेत्री, सविन पोखरेल, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, नेकपाका जिल्ला सेक्रेटरी मदन चन्द लगायतको उपस्थिति रहेको थियोे ।