• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

लेकाली अनलाइन ७ औं वर्षमा प्रवेश


मंसिर २, सल्यान ।

लेकबेशी मिडिया ग्रुप प्रालि द्वारा संचालित लेकाली अनलाइन डटकम आजबाट ६ वर्ष पूरा गरेर ७ औं वर्षमा प्रवेश गरेको छ । साविक राप्ती अञ्चललाई मुख्य केन्द्र बनाएर २०७४ मंसिर २ गतेदेखि लेकाली अनलाइन संचालनमा आएको थियो ।

सल्यानको खलंगामा मुख्य कार्यालय रहेको लेकाली अनलाइन मोफसलको तुलनामा पश्चिम नेपालमा लोकप्रिय स्थानमा छ । स्थानीय समाचारलाई विशेष प्रथमिकताका साथ प्रकाशित गर्दै आएको यस अनलाइनले देश तथा विदेशका समाचारहरुलाई पनि राम्रो प्राथामिकतामा राखेको छ ।

अघिल्ला वर्षहरूमा अनलाइनले वार्षिकोत्सको अवसरमा औपचारिक कार्यक्रमहरु गरेपनि यसवर्ष चाडपर्वको चापले गर्दा कुनै औपचारिक कार्यक्रमको तय नगरिएको अनलाइनका संचालक खकेन्द्र केसीले बताए । तर अनौपचारिक कार्यक्रम तथा शुभचिन्तकहरुसँग खुसी साटासाट गरिने उनको भनाई छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार