सल्यानको शारदा नगरपालिकाले जेष्ठ नागरिकलाई मासिक ३ सय स्वास्थ्य भत्ता दिने

असार १०, सल्यान । सल्यानको शारदा नगरपालिकाले जेष्ठ नागरिकहरुलाई मासिक ३ सय स्वास्थ्य भत्ता दिने भएको छ । मंगलबार भएको पाँचौ नगरसभा बैठकमा यस्तो कार्यक्रम प्रस्तुत गरिएको हो । गणेशमान स्वास्थ्य कार्यक्रम मार्फत जेष्ठ नागरिकहरुलाई प्रति महिना ३ सयका दरले स्वास्थ्य भत्ता दिने नगरले जनाएको छ ।

त्यसैगरी बैठकमा सबै सिचाँइ कुलाहरुलाई पक्की बनाउने, सबै वडालाई सदरमुकाम जोड्ने सडकको स्तरीकरण, सबै वडालाई विद्युतिकरण गरि सक्ने, जेष्ठ नागरिकहरुलाइ दिइदै आएको २ हजार रुपैया दशै खर्च यथावत राख्ने, स्कुलहरुको गुनस्तरियता, स्वास्थ्य क्लिनिकहरुको स्थापना, खानेपानीको अभाव रोक्ने दिर्घकालिन योजना, प्रत्येक वडाहरुलाइ विभिन्न पकेट क्षेत्र घोषणा गर्ने नगरले निती बनाएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागी ४५ करोड ६४ लाख ८३ हजार रुपैया प्रस्तुत गरेको छ जसमा पुजिगत खर्च १५ करोड १३ लाख २५ हजार ५ सय रहेको छ । चालु खर्चतर्फ ९ करोड ९ लाख ८३ हजार ५ सय र सशर्त अनुदानमा करिब २१ करोड रहेको छ ।