टिमुरमा सल्यान नेपालकै धनी जिल्ला, एक सिजनमा ३० करोड आम्दानी

साउन ७, सल्यान । पछिल्लो समय सल्यानमा टिमुर खेती गर्नेतर्फ किसानहरु आकर्षित भएका छन् । जिल्लामा टिमुरको लागी राम्रो हावापानी र माटो भएकोले यो खेतीतर्फ मानिसहरु आकर्षित भएका हुन् ।

मध्यपहाडी जिल्लामा अवस्थित सल्यानका अधिकांश ठाउँमा टिमुर उत्पादन हुने गर्दछ । बजारीकरणको राम्रो माग भएकोले जिल्लामा टिमुरको उत्पादन राम्रो भएको छ ।

विभिन्न तथ्याङ्कलाई हेर्दा सल्यानमा आर्थिक वर्ष २०७५/०७६ मा ३० करोडभन्दा धेरै मुल्यको टिमुर उत्पादन भएको छ । प्रतिकेजी न्यूनतम साढे ७ सय रुपैयासम्म घरबाटै बिक्री हुने टिमुर सल्यानमा गएको एक सिजनमा ४ लाख केजी भन्दा धेरै उत्पादन भएको छ । डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख थिर बहादुर कार्कीका अनुसार व्यक्तीको निजी जग्गा, विभिन्न कबुलियती र सामुदायीक वनबाट टिमुर उत्पादन हुने गरेको छ । उक्त टिमुर ८० प्रतिशत जिल्ला निकासी र २० प्रतिशत श्रीनगरमा संचालित टिमुर उद्योगमा खपत हुने गरेको उनले बताए ।

श्रीनगरमा संचालित उक्त उद्योगले पनि टिमुरको तेल पेल्ने गरेको संचालन विर बहादुर चलाउनेले लेकाली अनलाइनलाई बताए । उनका अनुसार टिमुरको तेल प्रतिलिटर ७ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । टिमुरको तेल फ्रान्स सम्म पुग्ने गरेको छ ।

नेपालकै धनि जिल्ला 

डिभिजन वन प्रमुख कार्कीका अनुसार टिमुर उत्पादनमा सल्यान नेपालकै धनि जिल्लामा पर्ने गरेको छ । सल्यानको जति टिमुर उत्पादन देशका कुनैपनि जिल्लामा नभएको उनले बताए ।

उनले भने, “सल्यान हरेक बस्तुमा धनि छ, नेपालकै सबैभन्दा धेरै टिमुर यहि उत्पादन हुन्छ । यसलाई थप विस्तार गरेपछि बेरोजगार मुक्त जिल्ला हुन्छ होला ।” टिमुर खेतीलाई थप विस्तार गर्न वक कार्यालयले यो बर्ष ४० हजार टिमुरका बिरुवा किसानलाई निशुल्क वितरण गरेको उनले बताए ।

त्यस्तै विरुवा हुर्काउनको लागी २६ लाख रुपैया किसानलाई अनुदान समेत दिएको उनले बताए । टिमुरको अत्याधिक माग भएकोले सल्यान जिल्लाका अधिकांस ठाउँ विस्तार टिमुर पकेट क्षेत्र हुने र अहिले केहि ठाउँहरु पकेट क्षेत्र भैसकेको उनको भनार्य छ । टिमुरबाट मसला, तेल, औषधि लगाएतका बस्तु बन्ने भएकोले यसको माग बढेको हो ।

सल्यानमा उत्पादित टिमुरका बिरुवा ४० जिल्लामा

यसैबिच सल्यानमा उत्पादित टिमुरका बिरुवा ४० जिल्लामा निर्यात हुँदै आएको छ । उत्पादित टिमुरका बिरुवाहरु सबै क्षेत्रहरुमा रोप्न सकिने र गुणस्तरीय हुने भएकाले यसको माग उच्च रहेको हो ।

जिल्लाका बिभिन्न कृषकहरुले नर्सरी नै स्थापना गरेर फलफूलका बिरुवा उत्पादन गर्दै आएका छन् । टिमुरका बिरुवा संखुवासभा देखी बैतडी सम्मका महाभारत श्रंखलाका ४० जिल्लाबाट माग आउने गरेको किसानहरु बताउछन् ।

यी समाचार पनि पढ्नुहोस्:

सल्यानमा उत्पादित टिमुरका बिरुवा ४० जिल्लामा निर्यात, एउटै किसानको २० लाख आम्दानी

सल्यानमा यो बर्ष खोटोबाट साढे ३ करोड आम्दानी

सल्यान कपुरकोटबाट एक महिनामा साढे ७ करोडको तरकारी निर्यात

सल्यानमा यसवर्ष ३३ करोडको सुन्तला उत्पादन । यी ठाउँमा पुग्छ सल्यानी सुन्तला ?