छत्रेश्वरी मन्दिरकाे इतिहास

छत्रेश्वरी मन्दिर सल्यान सदरमुकाम खलंगादेखि दक्षिणतर्फ करिव २५ किलोमिटरको दुरीमा पर्दछ । यो छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ मा अबस्थित १३ सय मिटर उचाईको थुम्कोमा अवस्थित छ । शिखर शैलीमा बनेको यो मन्दिर वि.सं. १९९० को दशकमा शिव पार्वतीको मन्दिरको रुपमा स्थापित एवम् वि.सं. २०३७ सालमा नागाबाबाद्वारा जीर्णोद्दार गरिएको हो ।

श्री स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतीदेवीको अन्तिम अंग यही छत्रेश्वरीमा पतन भएर छत्रेश्वरी देवी, सुकमोला योगिनी, पिशाचेश्वर महादेव प्रकट हुन भएको कथा पाइने गरेको छ । नेपालका सबै शक्ति पिठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो छत्रेश्वरी मन्दिर ।

मन्दिर परिसर उत्तरतर्फ एउटा ठुलो शिला रहेको छ । जहाँ सतीदेवीको सम्पुर्ण अङ्ग पतन भएको मानिन्छ । त्यहाँ अझै पनि आँखाले अबलोकन गरे सल्यानका गाँउबस्ती समेत देख्न सकिन्छ । महाशिवरात्रीका दिन यहाँ निकै ठुलो मेला समेत लाग्ने गरेको । यस दिन मनले चिताएको फल प्राप्त गर्न टाढा–टाढाबाट भक्तजनहरू आई शंखमुलमा स्नान गरी छत्रेश्वरी भगवतीको पुजा अर्चना गर्ने चलन रहिआएको छ ।

मन्दिरमा सत्य युगमा महादेवले सतिदेबीको मृत शरीर लाई बोकि ब्रमान्डको भ्रमण गराउने क्रममा सतिदेबिका बाकी रहेका सम्पुर्ण अङ्ग पतन भएको श्री स्वस्थानी ब्रतकथामा उल्लेख छ । साथै यहाँ स्थानमा पिचाशेस्वर महादेब र छत्रेश्वरी भगवती प्रकट भएको पाईन्छ ।


शंकमुख

 शंखमुल

मन्दिरको तल शारदा नदिको छेउमा शंख आकारको मुल र सानो आकारको मन्दिर पनि छ । त्यसलाई शंकमुल भनिन्छ । छत्रेश्वरी मन्दिरमा पुग्ने भक्तजनहरुले त्यस मुलमा गई नुहाउने तथा जल छिटी शरीर चोखो गराउने गर्दछन् । सतिदेविका सम्पुर्ण अङ्ग पतन भई सकेपछी महादेबले त्यही मुलमा नुहाई कैलास पर्बत गएको धार्मिक किम्मदन्ती छ । अहिले यो मुलको छेउमा रहेको शारदा नदिमा अस्तु सेलाउने गरिन्छ ।

छत्रेश्वरी गाउँपालिकाले यहाँ नेपालकै ठूलो शंक स्थापना गरी पार्क बनाउन लागेको छ । शंखमुल देखि करिब ३ किलोमिटर अगाडि सो मन्दिर रहेको छ । सतिदेविका बाँकी रहेका सम्पुर्ण अङ्ग पतन हुने क्रममा सो मन्दिरमा पिचाशेस्वर महादेब उत्पत्ति भएको पाईन्छ ।

पिचाशेस्वर महादेवकाे मन्दिर

 शंखमुल देखि ४ किलोमिटरको दुरिमा छत्रेश्वरी मन्दिरको पारितिर छाँया ढुङ्गा रहेको छ । महादेवले सतिदेबीको मृत शरीर लाई बोकि ब्रमान्डको भ्रमण गराउने क्रममा सतिदेबिका बाकी रहेका सम्पुर्ण अङ्ग त्यहि छाँया ढुङ्गामा पतन भएको किम्मदन्ती छ । छाँया ढुङ्गा सिशा जस्तै टल्किने र वरिपरीका गाउँहरु देखिने गर्दथ्यो ।


छाँया ढुङ्गा

 जथाक लेक

जथाक लेक सल्यान जिल्लाको सबैभन्दा अग्लो लेक हो । यो समुन्द्री सतह देखि २ हजार ८ सय मिटरको दुरीमा रहेको छ । यो छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर २ र ४ को बिच भागमा रहेको छ । यसको पुर्वतिर रोल्पा जिल्ला पर्दछ । यो लेक सँगै यसको वरिवरी होचा लेकको रुपमा पारिभरा र बुँरासे रहेका छन् । यो लेकलाई सल्यान कपुरकोटबाट रुकुम झुल्नेटा जोड्ने उत्तर–दक्षिण राजमार्गले छुने गर्दछ ।

यहाँबाट सल्यानका अधिकांस ठाउँ तथा रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, दाङ, बाँके, बर्दिया, प्युठान, बागलुङ देख्न सकिन्छ । धौलागरी र सिस्ने हिमालको पनि नजिकबाट नियाल्न सकिने ठाउँ हो यो । यहाँ विभिन्न खाले बहुमुल्य जडिबुटीहरु पनि पाउने गर्दछ । घना जंगल र पदमार्ग यहाँको एउटा आकर्षणको रुपमा रहेको छ ।