दाङमा भएको मैत्रीपूर्ण फुटबलमा तुलसीपुर बैंकर्स क्लवले जित्यो

भाद्र १४, दाङ । दाङको तुलसीपुरमा सम्पन्न मैत्रीपुर्ण भुटबल प्रतियोगितामा तुलसिपुर बैंकर्स क्लव विजेता बनेको छ । तुलसीपुर बैंकर्स  क्लब, रोट्राक्क्ट क्लब तुलसीपुर र एस.एस एफए. बिच भएको फुटबल प्रतियोगितामा तुलसीपुर बैंकर्स क्लव विजेता बनेको हो ।

रोट्राक्क्ट क्लब तुलसीपुर लाई ३ का विरुद्ध ५ गोलले पराजित गर्दै आज तुलसीपुर बैंकर्स क्लव विजेता बनेको हो । उप बिजेता रोट्राक्क्ट क्लव बनेको छ ।

आगामी दिनमा खेलकुद संगै विभिन्न सामाजिक सेवा अन्तर्गतका कार्यहरुमा सम्लग्न हुँदै जाने तुलसीपुर बैङ्कर्स संघका अध्यक्ष सरोज लामिछानेले बताए ।