सल्यानमा सम्पन्न क्रिकेटको उपाधी लङ ग्रीन रिभर बोर्डिङ स्कुलले हात पार्यो (फोटो फिचर)


भाद्र १५, सल्यान । शब्दः सविन हमाल/ तस्बिरः बामदेव केसी

सल्यानमा आइतबार सम्पन्न भएको एमएम कप क्रिकेटको उपाधी सल्लीबजारको लङ ग्रीन रिभर बोर्डिङ स्कुलले जितेको छ ।

एमएम एकेडेमी खलंगाको आयोजनामा शुक्रवारदेखि लुहापिङमा भएको क्रीकेट प्रतियोगीतामा त्रि.ज.मा.वि. खलंगालाई फाईनलमा हराउदै लङ ग्रीन रिभर बोर्डिङ स्कुल सल्लीबजारले उपाधी हात पारेको हो । त्रि.ज.मा.वि विरुद्ध टस जितेर ब्याटिङ गरेको लङ ग्रीन रिभर बोर्डिङ स्कुलले निर्धारित २० ओभरको खेलमा १५।३ ओभरमा आफ्नो सबै विकेट गुमाउदै जम्मा ९३ रन जोड्यो ।

बलिङतर्फ त्रि.ज.मा.वि खलंगाका सबिन गन्धर्बले ४ र दिपक गन्धर्बले ३ विकेट लिए । त्यस्तै ब्याटिङतर्फ निरज शाहिले १६ , मोहन रावत ले १४ रन बनाए र अन्य ब्याट्स्म्यान ले खासै राम्रो योगदान दिएनन । ९४ रनको मध्यम लक्ष्य पछाएको त्रि.ज.मा.वि १४।३ ओभरमा ७९ रनमै अल आउट हुन पुग्यो ।

बलिङतर्फ बिबेक बिस्ट ले आफ्नो ४ ओभरको स्पेलमा २ मेडन सहित ४ रन दिदै ५ विकेट लिए भने अर्का बलर लाल बहादुर यरिले आफ्नो टिमलाइ उपाधी दिलाउन महत्वपुर्ण ३ विकेट लिए। उक्त  खेलको म्यान अफ दि म्याच बिबेक विष्ट घोषित भए ।

एमएम एकेडेमी खलंगा सल्यानको आयोजनामा अन्तर माध्यामिक विद्यालय स्तरीय क्रीकेट प्रतियोगितामा बिजेता लङ ग्रीन रिभर बोर्डिङले नगद १५ हजार, प्रमाणपत्र, कप, मेडल प्राप्त गर्यो भने उपबिजेता त्रिजमाविले नगद  १० हजार, प्रमाणपत्र, कप, मेडल प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर त्रिजमाविका  दिपक गन्धर्ब, उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट किपर लङ ग्रीन रिभर बोर्डिङका मोहन रावत र उत्कृष्ट फिल्डर एमएम एकाडेमीका आश्बिन सिंह घोषित भए ।

जिल्ला क्रीकेट संघ सल्यानको समन्वयमा संचालित भएको प्रतियोगितामा ६ वटा बिधालयले सहभागिता जनाएका थिए ।