काठमाडाैंमा बसभित्र निदाएकी ११ वर्षीया बालिका बलात्कृत, घटना यसरी भयाे

भाद्र ३०, काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोकमा बसका सहचालकद्वारा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन्। मनमैजुमा चल्ने बसभित्र ती बालिकालाई सहचालकले बलात्कार गरेको खुलासा भएको छ ।

प्रहरी अनुसन्धान अनुसार टोखा नगरपालिका ग्रिनल्याण्ड चोक बस्ने ११ वर्षीया बालिका अर्की १० वर्षीया साथीसँगै डेरा बिर्सिएर मनमैजु पुगेकी थिइन् । बसका चालक र सहचालकलाई ‘अंकल हामीलाई घर पुर्‍याइदिनु न’भनेर आग्रह गरे पनि सहचालक र चालकले आफ्नै घरमा लगेका थिए।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नीरिक्षक समिरजंग राणाका अनुसार राति साढे १० बजे सहचालक बसमा सुत्न पुगे। बालिकाहरु पनि ‘हामी पनि बसमै सुत्छौं’भनेर बसभित्रै छिरेका थिए ।

‘बसभित्र ति दुबै बालिका निदाएपछि राति साढे एक बजे ११ वर्षीया बालिकालाई सहचालकले बलात्कार गरेको स्वीकारेका छन् । १० वर्षीयालाई बालिकालाई भने बलात्कारको प्रयास गरेको अनुसन्धाबाट खुलेको छ ।

बालिकाले आफूहरुमाथि भएको दुर्व्यवहार विस्तार गरेपछि प्रहरीले बसका सहचालकलाई पक्राउ गरेको छ।