काँग्रेसको जागरण अभियान श्रीनगरमा सम्पन्न

असोज ३, सल्यान । नेपाली काँग्रेस सल्यान क्षेत्रीय प्रदेश कार्य समिती (ख) ले जनजागरण अभियान शुक्रबार श्रीनगरमा सम्पन्न गरेको छ । होटल युनाइटेडमा भएको जनजागरण अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधी सिता राणा मगरको उपस्थिती रहेको थियो ।

क्षेत्रिय प्रदेश सभापति शन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा अन्य अतिथीमा काँग्रेस सल्यानका सभापति गनेश चन्द, नेता डिल्लीारज रेग्मी, केश बहादुर विष्ट, टिकाराम रोका, प्रेम डाँगी, सुरेश अधिकारी, सावित्रा बस्नेत, महिला वक्ता पुष्पा पहाडी लगाएतको सहभागीता रहेको ।

कार्यक्रमको स्वागत मन्तव्य काँग्रेस शारदा नगर सभापती सचेत शाहले गरेका थिए भने संचालन क्षेत्रिय सदस्य नविन पौडेलले गरेका थिए । काँग्रेसको जागरण अभियान असोज ४ गते कपुरकोट, ५ गते भोटेचौर, ६ गते त्रिवेणीको लुहाम र ७ गते जिल्ला व्यापी रुपमा खलंगामा जनसभा हुने शारदा नगर सभापती सचेत शाहले लेकाली अनलाइनलाई बताए ।