सल्यान शानपा ९ बागचाैरमा असोज १६ गते निशुल्क स्वस्थ्य शिविर संचालन हुने

करेश्मा गिरी/ असोज ८, सल्यान । दशैको अवसरमा सल्यानको शारदा नगरपालिका ९ बागचौरमा निशुल्क स्वस्थ्य चेक जाँचको शिविर संचालन हुने भएको छ ।

बागचौरमा रहेको कृष्ण नि.मा.वि.मा हुन लागेको स्वस्थ्य शिविरमा निशुल्क रुपमा स्वस्थ्य जाँच गर्नपाइने आयोजक टिमका निर्मल बुढाथोकीले जानकारी दिए । काठमाडौंबाट आउने विशेषज्ञ सहितको टोलिले स्वस्थ्य जाँच गर्ने उनले बताए ।

शिविर यहि असोज १६ गते बिहान १० बजेदेखि साँझ ४ बजेसम्म संचालन हुनेछ । आउदै गरेको बिजया दशमीका अवसरमा निशुल्क स्वस्थ्य शिविरको आयोजना गरेकाले सम्पुर्ण जनसमुदयले स्वस्थ्य जाँच गराइ मौकाको फाइदा आयोजकले आग्रह गरेको छ ।

स्वास्थ्य शिविरकाे आयाेजना सल्यान ङर भएर जिल्ला भित्र र बाहिर विभिन्न स्वस्थ्य संथाहरूमा कार्यरत युवाहरूले गरेका छन् ।