भुटान पुगेकाे सेनाको हेलिकप्टर दुर्घटना, दुईको मृत्यु

असाेज १०, थिम्पु । भारतीय सेनाको हेलिकप्टर भुटानको पूर्वी क्षेत्र योन्फुलामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

भारतीय सैनिकको तालिमका लागि खटिएको हेलिकप्टर शुक्रबार दुर्घटना भएको हो । दुर्घटनामा भुटानी नागरिक पनि परेका छन् । हेलिकप्टर अरुणाञ्चल प्रदेशको खिर्मुबाट योन्फुलाका लागि उडेको थियो ।

दिउसो १ बजे उक्त हेलिकप्टर योन्फुलाबाट सम्पर्कविहीन भएको हो । घटनास्थलमा सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् ।