सर्पलाई समातेर आफ्नो जिब्रोमा डसादा मृ’त्यु

असाेज १३, काठमाडाैं । आजभोलि मानिसहरुका रुची अनेक हुन्छन् । चर्चा बटुल्न विभिन्न हर्कत गर्ने गर्छन् । कोही खेलमा रुचि राख्छन्, कोही पर्वतारोहणमा त केहि खतरनाक स्टन्ट गर्न रुचाउँछन् ।

स्वभाविक हो– मानिस पिच्छे फरक–फरक चाहना र रुची हुन्छन् । कतिपयले राम्रो बाटो समात्दा चर्चाको शिखर चुम्न सफल भएका छन् । तर, केहीले गलत बाटो रोज्या अकालमा ज्यान गुमाउनु परेको छ ।

एक युवकको रुची पत्याउन मुस्किल हुन्छ । उनले विषालु सर्पलाई समातेर आफ्नो जिब्रोमा डसाउँथे । यही हर्कत नै उनको मृ’त्युको कारण बन्यो ।

घटना छिमेकी मुलुक भारतको हो । जहाँ एक युवकले रुची बिषालु सर्प समात्ने र जोखिम मोल्ने चाहना राख्थे । उनी बिषालु सर्प समातेपछि आफ्नै जिब्रोमा सर्पलाई डसाउथे । उनको यही हर्कत मृ’त्युको कारण बन्यो ।

भारतको सहारनपुर जिल्लाको फतेहपुरमा रहेको छुटमलपुर कस्बेका वसिम नामका युवाले बिषालु सर्प समातेर आफ्नो जिब्रोमा डसाए । यसअघि पटक पटक सर्पले डस्दा केहि नभएकोले आत्मबल भएपनि यस पटक भने सर्पले डसेपछि उनको शरीरमा बिष फैलियो र केहिबेरमा नै बेहोस भए ।

यस घटनालाई केहिले मोवाइलमा रेकर्ड गरीरहेका थिए । वसिम बेहोस हुनासाथ उनलाई स्थानिय अस्पताल पुर्याइयो । तर उनलाई अस्पताल पु¥याउनु अगावै उनले प्राण त्यागिसकेका थिए ।