मालिकका छोराछोरीलाई सर्पबाट बचाउन कुकुरले आफ्नो ज्यान दियाे

असाेज १३, काठमाडाैं । अमेरिकाको फ्लोरिडा राज्यमा एक कुकुरले आफ्ना मालिकका छोराछोरी सर्पबाट बचाउन आफ्नो ज्यान दिएर सर्प मारेको छ। पिटबुल प्रजातीको उक्त कुकुरले १० वर्षकी ओरिली रिचार्डसन र ११ वर्षका ओरियन रिचार्डसनको ज्यान जोगाएको हो।

बालबालिकाका आमा गिना रिचार्डसनका अनुसार ओरिली र ओरियन घरको अगाडिको आगनमा खेलिरहेका थिए। त्यसबेला ११ महिने पिटबुल पनि उनीहरुसँग खेलिरहेको थियो। सोही समयमा सर्प आँगनमा प्रवेश गरेको थियो।

सर्पले कुकुरलाई ४ पटक टोकेपछि कुकुरले सर्पको शिर नै काटिदिएको जनाइएको छ। उक्त कुकुर बेहोस भएपछि पशु अस्पताल तत्काल लगिएको थियो। तर त्यस बेलासम्म ढिला भइसकेको थियो। कुकुरको ज्यान जोगिएन। कुकुर मरेपछि ओरिली र ओरियन दुवै धरधरी रोएको आमा गिना रिचार्डसनले बताएकी छिन्।

आफ्ना छोराछोरीको ज्यान जोगिएकोमा उनले पिटबुललाई धन्यवाद भनेकी छन्।

एजेन्सी