चितुवाको छाला सहित दाङमा एक जना पक्राउ

पूर्ण के.सी. असोज १४, दाङ । दाङ प्रहरीले चितुवाको छालासहित एक ब्यक्तिलाई पक्राउ गरेको छ । रुकुमपूर्वका १९ बर्षीय भिमप्रसाद बिकले चितुवाको छाला राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीलले उनलाई पक्राउ गरेको हो ।

चितुवाको छाला लिएर हिडीरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय दाङको एक टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथमा रहेको झोलामा खालतलासी गर्दा टाउँकोदेखि पुच्छर सम्मको ७ फिट ६ ईञ्चको चितुवाको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले बताएका जानकारी दिएका छन् ।

उनी माथी प्रारम्भीक अनुसन्धान पछि राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्र्तरगत थप कारवाहीका लागी जिल्ला वन कार्यालय दाङमा पठाईएको उनले बताए ।