दाङमा ट्रक र बस ठोक्किदा चालक गाडी भित्रै च्यापिए, ५ घण्टासम्म उद्धार भएन्

असोज १८, दाङ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरी बराखुट्टीमा आज बिहान २ बजेतिर बस र ट्रक एक आपसमा ठोक्किएर १२ जना घाइते भएका छन् ।  पुर्वबाट पश्चिम तर्फ गइरहेको ना १ क ४७९३ नम्बरको ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठोकिएर १२ जना घाइते भएका हुन् ।

गम्भीर घाइते मध्ये बस चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी अरूण चौधरीलाई बुटवल र बसका यात्रु कैलाली जिल्ला गौरीगंगा नगरपालिका १० निवासी १९ वर्षिय प्रिति चौधरीलाई कोलपुर रिफर गरिएको छ । भने अन्यको  स्थानीय मेडिकलमा सामान्य उपचार पछि घर गन्तव्यतिर फर्काइएको प्रहरीले जानाएको छ ।

ट्रक चालक गाडीभित्रै च्यापिए

दुर्घटनामा घाइते भएर च्यापिएका ट्रक चालकको उद्दारमा समस्या परेको छ । नाम नखुलेका ट्रक चालकको पाँच घण्टा हुदा समेत उद्धार हुन सकेको छैन ।

चालकको उद्धार गर्न उपकरण नहुँदा समस्या परेको प्रहरीको भनाई छ । ‘क्रेन, टोचन छैन । जसले गर्दा सामान्य व्लेटले बस काटेर उद्धार गर्दा धेरै समय लागेको छ ’, एक प्रहरीले भने

गाडी भित्रै फसेकाले उनको अहिले उद्दार कार्य भइरहेको छ । अन्य घाइतेलाई ३ घण्टा पछि उद्दार गरिएको थियो ।

तस्बिरः ओम प्रकाश गुप्ता