दसैंको मुखैमा, यात्रु वहाक बस दुर्घटना

पूर्ण के.सी. असोज १९, दाङ । दाङमा यात्रु बोकेको बस दुर्घटना हुँदा १४ जना यात्रु घाईते भएका छन् । केही घाईतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

ना ७ ख ६८४१ नम्बरको बस , दाङ र बाँकेको सीमानामा दुर्घटना भएको ईप्रका अमिलियाले जनाएको छ ।

दुर्घटनामापरि घाइते भएका यात्रुलाई थप उपचारका लागी  कोहलपुर रेफर गरिएको प्रहरीको भनाई छ ।