मलाई डर लागिरहेको छ !

सबिता क्षेत्री थापा, पाल्पा ।

जहाँ महिला राष्टपति र म सभामुखसम्म  भएको मेराे देश नेपालमा महिला किन असुरक्षित ? के अब  महिला सधै डर त्रासमा बाँच्नु पर्ने हो ? दिन प्रतिदिन बढ्दाे डरलाग्दा घटना बाहिरिदा पनि किन चुप छौ महिलाकर्मिहरु ? अनि किन मौन छ यो सरकार ? यसरि किन मौन रहन्छौ ?

म छोरी मान्छे हुँ । मलाइ डर लागिरहेछ। सबै कुरा जानकारी हुँदा हुँदै पनि म किन डराहि रहेछु ? किन म सँग प्रशनको जवाफ छैन ? छोरी मान्छे भएर जन्म लिनु मलाइ आफुलाई घृणा लाग्छ।।

डर लाग्छ मलाई । हिजो निर्मला पन्त जस्ता धेरै छोरी दिदी बहिनिहरुको बला’त्कार पछि हत्या भयो । एसिडको प्रहार बाट आदी सङ्कटमय जिबन बाच्नु परेको छ । घरेलु हिंसाले महिलाको अकाल मृ’त्यु भैरहेछ । कतै भोलिका दिनमा म र म जस्तै दिदि बहिनिहरुको पालो त होइन  ?

सबै जान्दा जान्दै पनि मौन छ सरकार । अनि मौन छन हाम्रा महिलाकर्मिहरु। किन मौन छौ ? के अब कुनै कडा नियम बन्दैन ? कित पैसाले चलेको हाम्रो देशमा हाम्रो आवाज कसैले सुन्दैन ?

दुख लाग्छ मलाई । बला’त्कार र ह’त्याकाे विराेधका थुप्रै आवाज उठे तर दिन प्रतिदिन बढेकाे महिला हिंसा र घटनाका विवरण लुकाईयो। सचेत रहनु हाम्रा देशका दिदीबहिनीहरू !  म लगायत तिमि आफैमा असुरक्षित छौ ।

प्रकाशित मिती २०७६ असाेज २९ गते