सल्यानमा जारी टि ट्वान्टी क्रिकेटमा कपुरकोटले श्रीनगरलाई हरायो

असाेज २९, सल्यान । सल्यान क्रिकेट संघको आयोजनामा सल्यान खलंगामा जारी जिल्ला स्तरिय दोश्रो टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा कपुरकोटले श्रीनगरलाइ पराजित गरेको छ । लिग चरणको खेलमा बुधबार श्रीनगरलाई ५७ रनले पराजित गर्दै कपुरकोट सेमि फाइनलमा प्रवेश गरेको हो ।

१२१ रनको लक्ष्य पछ्याउने क्रममा श्रीनगर ६३ रनमा अल आउट भएको आयोजकले जनाएको छ । श्रीनगरलाई सस्तैमा समेट्न कपुरकोटका खेलाडि विकाश शर्मा एक्लैले ५ वीकेट लिदै म्यान अफ द म्याच भए । १२० रन बनाउने क्रममा आयुश शर्माले २७ बलमा २५ रन र भुपेन्द्र यरीले २० बलमा २४ रनको पारि खेलेका थिए ।

यस्तै बुधबार नै भएको लिग चरणको पहिलो खेलमा शारदा नगरपालिका -१२ ले लंग ग्रिन रिभर क्रिकेट टिम सल्लीलाई पराजित गरेको छ । १०१ रनले सल्लीलाइ पराजित गर्दै शानपा १२ पनि सेमि फाइनलमा प्रवेश गरेको छ ।

यस्तै बिहीबार कपुरकोटको टिमले लिग चरणको दोश्रो खेल शारदा वारियर्स संग खेल्दैछ । बिहीबार नै लंग ग्रिन रिभर क्रिकेट टिम सल्ली र हाम्रो क्रिकेट टिम खलंगा बीच प्रतिष्पर्धा हुँदैछ । सदरमुकाम खलंगाको लुहापिङमा जारी खेल कार्तिक २ गते सम्म जारी रहने आयोजकले जनाएको छ। क्रिकेट खेल्न खलंगा जानु अघि कपुरकोट गाउँपालिकाले बुधबार विहान कपुरकोटका खेलाडिहरुलाइ खेल पोषाक वितरण गरेको थियो ।