सल्यानमा दलित जनप्रतिनिधीको क्षामाता विकास गर्न ३ दिने तालिम

कार्तिक २, सल्यान । दलित सेवा संघ सल्यानको आयोजना र विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित विभेदमा पारिएका समुदायको जिवीको पार्जन सुधार परियोजना अन्तरगतबाट गठन गरिएका समुहका अगुवा र स्थानियय तहमा निर्वाचित दलित जनप्रतिनिधीको क्षामाता विकास गर्न अधिकार र नेतृत्व विकास विषयक ३ दिने  तालिम शुक्रबार सल्यानको बरलामा आयोजना गरिएको छ ।

दलित सेवा संघ सल्यानका सदस्य दिल बहादुर परियारको अध्यक्षता तथा अनिता विकको स्वागत मतब्य बात सञ्चालन गरिएको कार्यक्रममा दलित सेवा संघका केन्द्रिय महासचिव सञ्न्जु सिहँ विश्वकर्म, जिल्ला समन्वय समिती सल्यानका सदस्य सुस्मीता सापकोटा सुनार, शानपा ६ वडा सदस्य भिकराज बुढाथोकी, दलित अगुवा रुपलाल परियारको उपथिती रहेको थियो ।

उद्धघाटन  कार्यक्रममा बोल्दै दलित सेवा संघ केन्द्रिय महासचिव सञ्न्जु सिह विश्वकर्मले नेपालको संबिधान २०७२ ले ब्यबस्था गरे अनुरुप जातिय भेदभाव तथा छुवाछुत समाज बाट अन्त्य हुन नसकेको बताए । उनले समाजमा हुने जातिय भेदभाव जस्ता मद्धालाइ सरकारको मिलेमतोमा मिला पत्र गर्ने र समाजमा दलित समुदाायलाई कानुनको सम्मका पहुँचमा पुग्न नदिने जस्ता कारणले दलित समुदाय अरु समुदाय जसरी समुदायमा बाँच्न कठिन भएको बताए ।

समाजमा भएका यस्ता भेदभावका घटनालाई अन्त्य गर्न जनवकालत, सरकार संग परामर्श तथा जातिय भेदभाव अन्त्य गर्ने अभियान सञ्चालन गर्ने संस्था दलित सेवा संघ भएकोले यस अभियानलाई स्थानिय सरकार तथा सरोकार वाला सबैले सहयोग गर्नु पर्नेमा उनको जोड थियो ।

यसै गरी ६ नं. वडा अध्यक्ष भिक राज बुढाथोकीले जातिय भेदभाव तथा छुवाछुतका घटना जस्ता कुसंस्कार अन्त्य गर्न स्थानिय सरकारको तर्फबाट सहयोग गर्न पहल गर्ने तथा आफुपनि सहयोग गर्ने बताए ।

बनगाड कुपिन्डे नगरपालिका र शारदा नगरपालिका समुहका अगुवा तथा निर्वाचित दलित जनप्रतिनिधी गरी ३५ जनाको सहभागी रहेको कार्यक्रममा संस्थाको र परियोजनाको गतिविधी बारे कार्यक्रम संयोजक यज्ञ कमार विकले जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन सामाजिक परिचालन अधिकृत भिम बहादुर परियारले गरेका थिए ।