सल्यानमा ३ वटा सामुदायीक वनले एक सय घुरधुरीलाई ग्यास चुलाे वितरण गरे

करेश्मा गिरी/ कार्तिक २, सल्यान ।  सल्यानमा ३ वटा सामुदायीक वनले एक सय घरधुरीलाई ग्यास चुलाे वितरण गरेका छन् । जिल्लाको शारदा नगरपालिका १३ मा रहेका जामुने बिसौनी सामुदायीक वन उपभोक्ता समिती, फुलबारी सामुदायीक वन उपभोक्ता समिती र साल्नेटा सामुदायीक वन उपभोक्ता समितीले आफ्नो वन उपभोक गर्ने सदस्यलाई प्रतिघर एक-एकका दरले निशुल्क ग्यास चुलाे वितरण गरेका हुन् ।

शुक्रबार शारदा नगर उपप्रमुख सावित्रा बस्नेतको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच ग्यास चुलाे वितरण गरिएको हो । कार्यक्रममा शारदा नगर कार्यपालिका सदस्य हिमा घर्ति, वडा सदस्यहरु नेब बहादुर डाँगी, नेब बहादुर बस्नेत, पुष्पा नेपाली, नेपाली काँग्रेस शारदा नगर सभापति सचेत शाह, खुसल राज शर्मा, नवराज शर्मा लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वन उपभोक्ता समुहका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । सिप बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निम बहादुर बुढाथोकीले गरेका थिए ।