शनि विश्वकर्मा भोट माग्न सल्यान आउदै

कार्तिक २, सल्यान । नेपाल लोकस्टार रियालिटी शोको फाइनलमा पुगेका शनि विश्वकर्मा आइतबार सल्यान आउने भएका छन् । शनि जिताउ अभियानलाई साथ दिन सल्यान स्थित केहि पत्रकार र अधिकारकर्मीहरुको आग्रहमा शनि सल्यान आउन लागेका हुन् ।

सल्यानीहरुको समन्वयमा आइतबार मध्याह्न १२ बजे श्रीनगरमा कार्यक्रम हुनेछ । छिमेकी जिल्ला रोल्पामा जन्मिएका शनिलाई सल्यानीले पनि अत्याधिक भोट गरेर साथ दिनुपर्ने रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावतले बताए ।

यसैबीच शनिलाई जिताउ भन्दै शुक्रबार सल्यानका युवाहरु श्रीनगर बजारमा भोट माग्दै हिडेका थिए । उनिहरुले शनिको प्रतिभा समग्र मध्यपश्चिम क्षेत्रको शान भएको भन्दै छिमेकी जिल्लाले गर्न सकिने सहयोग गर्नुपर्ने बताए ।

शनिलाइ भाेट गर्न  L 24 टाइप गरेर नेपालमा हुनेले 37000, भारतमा हुनेले 53010 र कतारमा हुनेले 92300 मा म्यासेज सेण्ड गर्न सकिने छ । फाइनलको लागि असोज २५ गते दिउँसो १२:०० बजे देखी सुरु भएकाे भाेट यहि कात्तिक ८ गते दिउँसो १२: ०० बजेसम्म गर्न सक्ने नेपाल लाेक स्टारले जनारएकाे छ ।