असलको घरमा प्रहरीको छापा, फेरि अर्को पक्राउ पुर्जी टाँसियाे

कार्तिक २, सल्यान । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का (असल) को घरमा प्रहरीले छापा मारेको छ ।  सल्यानको दार्मा गाउँपालिका ५  बछेलामा पर्ने उनको घरमा प्रहरीले लगातार ३ दिन छापा मारेको असलको परिवारले जनाएको छ ।

हिजो बिहान एक्कासी प्रहरीले घर घेरा हालेर घरका प्रत्येक कोठामा सर्च गरेको असलकी आमाले बताइन् । उनले भनिन्, ‘यहाँ दिनदिनै प्रहरी आइरहन्छ, हिजो त घरका पुरै कोठा सर्च गर्याे, पहिले त खस्सी किन्न आएका हौं भनेर घर हेर्थे, हिजो त एक्कासी घर घेरा हालेर कोठा सर्च गरे ।’

त्यसैगरी घरमा बुधबार असोज ३० गते असल विरुद्ध पक्राउ पुर्जी टाँसेकाे छ । यस अघि असोज १२ गते बम विष्पोटक पदार्थको आरोप लगाइ ३५ दिने पक्राउ पुर्जी टाँसेको प्रहरीले यसपटक अभग्र व्यवहारको आरोपमा १५ दिने पक्राउ पुर्जी टाँसेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०७६ भाद्र १३ गते जारी भएको पक्राउ पुर्जी असोज ३० गते टाँसिएको हो । पक्राउ पुर्जीमा नेपाल सरकारलाई बादी र असललाई प्रतिवादी बनाइएको छ ।

२०५५ साल कार्तिक २९ गते तत्कालिन नेपाल प्रहरीबाट हत्या गरिएका बुबा माधु खड्काका जेठा छोरा असल त्यतिबेला खुट्टामा गोली लाग्दा पनि भागेर बाँचेका थिए । बुबा माधुलाइ प्रहरीले गोलीहानेर हत्या गर्दा उनि पनि घरमै थिए ।

जनयुद्धकालका जनमुक्ति सेना असल विप्लव नेतृत्वको नेकपाका युवा नेताकाे रूपमा परिचित छन् । नेकपालाइ सरकारले जनयुद्धताका माओवादीलाइ सरकारले लगाएको जस्तै प्रतिबन्ध लगाएको छ ।

यसअघि नेता असललाइ सरकारले विभिन्न समयमा पक्राउ गरेर दुःख दिइरहे पनि अदालले छाड्न आदेश दिदै आएको थियो ।