दाङ तुलसीपुरमा करेन्ट लाग्दा एक जनाको मृत्यु

कार्तिक २, दाङ । दाङमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।
शनिबार बिहान १० बजेतिर करेन्ट लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पड्डा निवासी ४७ बर्षीय टिकाराम भण्डारीको मृत्यु भएको हो ।

आफ्नै घरमा कुवाबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाईते भएका भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद विक्रम शाहका अनुसार उनको शवलाई परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।