सल्यानको बरलामा बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

राजन के.सी./ कार्तिक ४, सल्यान । सल्यानको शारदा नगरपालिका -६ बरलामा बृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुनेभएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ दिपावली तथा छठ पर्बको अवसरमा यहि कार्तिक ७ र ८ गते कार्यक्रम हुने भएको हो ।

मूल आयोजक समितिका संयोजक भागीराम बुढाथोकि र प्रमोद भण्डारीका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । कार्यक्रमलाई भब्य र सभ्य बनाउन संयोजक बुढाथोकि र भण्डारीले सबैलाई आग्रह गरेका छन ।

उक्त अवसरमा शारदा नगरपालिका भित्र रहेका १५ वटा वडाको वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न हुने भएको छ । प्रतियोगितामा प्रथम पुरुस्कार रु ३० हजार, दितृय पुरुस्कार २० हजार र तृतीय पुरुस्कार १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा शब्द सर्जक तथा लोकदोहरी गायक रुपेस बागचन, गायक जित सागर रावत, प्रेम नारायण बि.क. गायिका सुजाता बि.क, डान्सर झरना बूढाथोकि, रबिन थापा, मधुबाबु बूढाथोकि, जानका रोका लगायतको प्रस्तुति रहने छ ।

कार्यक्रममा तेक्वान्दु खेलको नमुना प्रदर्शन समेत गरिने छ । थप जानकारीको लागि भागी राम बुढाथोकीलाई ९८६६६३१८८९ र प्रमोद भण्डारीलाई ९८०१०४४९८३ मा सम्पर्क राख्न सकिनेछ ।