प्रधानमन्त्रीले गरे एक्सन रूमबाट ठूला आयोजनाको अनुगमन

कात्तिक ६, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट ठूला आयोजनाहरूको अनुगमन गरेका छन्।

प्रधानमन्त्री ओलीले बुधबार दिउँसो पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरबका आयोजनाको अनुगमन गरेका हुन्।

विभागीय मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्रीले ती आयोजनाको प्रगती विवरण लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

एक्सन रूममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।