‘छ माया छपक्कै’ फिल्म हेरेपछि डा. बाबुराम भट्टराईले यस्ताे भने

कार्तिक ६, काठमाडौं । डा. बाबुराम भट्टराईले चलचित्र ‘छ माया छपक्कै’को प्रशंसा गरेका छन् । उनले ‘छ माया छपक्कै’ जत्तिको चलचित्रलाई प्रवर्धन गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

चलचित्र हेरिसकेपछि सामाजिक सञ्जाल फेसबुकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराइले लेखेका छन्, ‘छ माया छपक्कै’ नाम सुन्दा हल्काफुल्का मसाला फिल्म होला भन्ने लाग्नसक्छ ! तर विदेशी फिल्मको दबदबा रहेको हाम्रो देशमा यत्तिको नेपाली फिल्मलाई राम्रो मान्नुपर्छ । र सकेसम्म प्रवर्धन गर्नुपर्छ है ।”

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘छ माया छपक्कै’ले राजनीतिक विषयबस्तुलाई उठान गरेको छ । यो चलचित्र गत असोज २४ गतेबाट प्रदर्शनरत छ ।