पूजा शर्माले एउटा चलचित्रमा अभिनय गरेकाे कति पारिश्रमिक लिन्छिन ?

कार्तिक ७, काठमाडौं । चलचित्र क्षेत्रमा अभिनेत्रीमा अहिले चलेकाे नाम हाे पूजा शर्माकाे । उनले पछिल्लाे समय थुप्रै चलचित्रमा अभिनय गरेकी छन् ।

उनले अभिनय गरेका प्राय चलचित्रहरूले बजार क्षेत्र जमाएका छन्र । धेरैलाइ लाग्न सक्छ पूजा शर्माले एउटा चलचित्रमा अभिनय गरेकाे कति पारिश्रमिक लिन्छिन हाेला । हालै उनले एक राष्ट्रिय पत्रिकालाइ दिएकाे अन्तरवार्तामा आफूले चलचित्रमा अभिनय गरेबापत लिने पारिश्रमिक खुलाएकी छन् ।

उक्त पारिश्रमिक लिदा आफूलाइ गर्व लाग्ने कुरा उनले अन्तरवार्तामा दिएकी छन् । अभिनेत्री पूजा शर्माले एउटा चलचित्रबाट २० लाख रुपैयाँ पारिश्रमिक लिएको र त्यो पारिश्रमिकअनुसारको प्रतिफल आफूले दिने गरेको बताएकी छन् । यो पारिश्रमिक निर्माताले नै आफूलाई दिएको पनि यी अभिनेत्रीले प्रस्ट्याएकी छन् ।

८ कात्तिकबाट रिलिज हुने चलचित्र ‘पोइ प¥यो काले’मा २० लाख पारिश्रमिक लिएको दाबी गरेकी यी अभिनेत्रीले आफूले सो पारिश्रमिकअनुसारको काम गरेको बताइन् । विगतमा आफ्नो ब्यानरका चलचित्रमा मात्र काम गर्दै आएकी पूजाले यसपटक बाहिरी ब्यानरको चलचित्रमा अहिलेसम्मकै महँगो पारिश्रमिक लिएर काम गरेको बताइन् । यो पारिश्रमिकप्रति आफूलाई गर्व लागेको र सोहीअुनसारको काम ‘पोइ प¥यो काले’मा गरेको पनि उनले दाबी गरिन् ।