सल्यानी गायक रमेश डाँगीले ल्याए ‘प्रदेशीको कहानी’ (भिडियो सहित)

कार्तिक ११, सल्यान । लोक दोहोरी गायक रमेश डाँगी ! जो सल्यान कोटमौला निवासी हुन् । २०६० देखि सांगीतिक यात्रा सुरु गरेका डाँगीले अहिलेसम्म सयौं गीतहरुमा आफ्नो आवाज भरिसकेका छन् ।

‘सल्यान राम्रो सल्लेरी पाखैले, भिरको बाटोमा, कारण के रैछ, बाजेका पालामा, माया जाने रुकुमको मुसिकोट’ लगाएका चर्चित गीतहरु उनले बजारमा ल्याईसकेका छन् । पेसाले शिक्षक भएका डाँगी थुप्रै गीत गायपनि मिडियामा भने खासै देखिदैनन् ।

यसैबीच गायक डाँगीले प्रदेशीको कथाव्यथा बुनेर तिहारको देउसीभैलो गीत “प्रदेशको कहानी” सार्वजनिक गरेका छन् ।
गीतमा छोरो धन कमाउन विदेश गएको र घरमा आमालाई साहुले ऋण तिर्न भन्दै दुख दिएको जस्ता शब्द छन् ।

विदेशमा मालिकले काममात्रै लगाउने र छुट्टी नदिने जस्ता शब्दहरू पनि गीतमा समाबेश गरिएको छ । गीतमा रमेश डाँगी र सविना ढकालको आवाज रहेको छ।

हेर्नुहोस् गीतको म्युजिक भिडियो