आलम बचाउन चारजना वरिष्ठ वकिलहरु रौतहट पुगे

कार्तिक २०, काठमाडौं । रौटहटको राजपुरमा बम वि’स्फोटपछि घाइतेसहित २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर ह’त्या गरेको अभियोगमा तीनवटा मुद्दा दर्ता गरिएका मोहम्मत आफताव आलमको पक्षमा बहस गर्न वरिष्ठ वकिलहरु पुगेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा बुझाएपछि जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमसहित १० जनाविरुद्ध विभिन्न तीनवटा मुद्दा दर्ता भएको छ। आलमलाई तीनवटा मुद्दामा ३२ वर्ष जेल सजाय माग भएको छ।

गम्भीर अपराधका अभियुक्त आलमको पक्षमा बहसका लागि वकालतनामा दर्ता गराएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, हरिहर दाहाल, सुनिल पोखरेल र योगेन्द्र अधिकारी यतिबेला गौर पुगेका छन्।

सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालत रौतहट गौरमा अभियुक्त आलमसहित १० जनाविरुद्ध सोमबार जन्मकैदको मुद्दा दर्ता गरेको थियो। जिल्ला अदालत रौतहटमा दायर भएको ०७६ सिए ००९५ मुद्दामा सरकारी वकिल कार्यालयले ३९ पानाको अभियोग पत्र तथा ८७८ पृष्ठको मुद्दा मिसिल दर्ता गराएको थियो।

पहिलो संविधानसभाको निर्वाचनको दिनभन्दा अघिल्लो सात २०६४ चैत्र २६ गते बनाउँदै गर्दाको बम वि’ष्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई गत असोज २६ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो।