दाङका क्षितिज खनालको सर्ट मुभि सार्वजनिक

कार्तिक २०, दाङ । दाङ तुलसीपुरका क्षितिज खनालको सर्ट मुभि ‘भाइ’ सार्वजनिक भएको छ । दिदि भाइको माया र सम्बन्धको पारिवारिक नेपाली कथा बोकेको उक्त चलचित्रको निर्देशक र कथामा क्षितिज खनाल रहेका छन भने छायांकन र सम्पादनको काम युनिक दिलिपबाट भएको हो ।

रोयल सेभेन युथ क्लबसङको सहकार्यमा बनेको भिडियोमा मनिसा खड्का र सुबोध केसिले  मुख्य भुमिकामा अभिनय गरेका छन।

सात मिनेटको उक्त भिडियो दाङको तुलसिपुरमै खिचिएको हो भने क्षितिज खनालको यो तेस्रो सर्ट मुभी भएको उनले बताए ।

हेर्नुहाेस् भिडियाे