‘वाह बादल ! वाह प्रचण्ड ! यही हाे तिम्रो नैतिकता ?’

  • लेखकः नविन

मानव समाज आदिम कालदेखि रुपान्तरणकारी छ । आजसम्म पनि समाजमा अन्याय, अत्याचार, वर्गीय, लैङ्गिक, जातीय विभेद, भ्रष्टाचार, दमन लगाएत विभिन्न शाेषण कायम नै छ । बिबिध नाममा समाजिक मनाेविज्ञान क्षतविक्षत र विभाजित छ । यी विभेद हरु राज्य प्रणाली र त्यसका संरक्षकहरु बाट निम्त्याइएका छन ।

पुरानो ठाउँमा नयाँ, अन्याय काे सट्टा न्याय, दमन शाेषणकाे सट्टा अधिकार र समग्र मुक्ति विभिन्न युग प्रथा हुदै माक्र्सवादी सहि प्रयोग द्दारा  मानव जातीले उच्चतम सभ्यता समानताका निम्ति इतिहास कालदेखि  संघर्ष र सशक्त विद्रोह  गरिरहेकाे छन् । तथापी मानव जातिले चाहेको सुन्दर स्वर्णिम संसार चुम्ने सपना मानव मुक्ति काे अभिलाषा पुरा नभइ पटकपटक धाेका, गद्दारि, क्रान्ति, प्रतिक्रान्तीका गम्भीर जन्जिरहरुकाे सामाना गर्दै सुरु भएको यात्रा पुजीवादी दुनियाँले  केही समय धर्मराएकाे जस्तो देखे पनि संसारभरि नै आफ्नाे अनुकुलतामा धक्का मय तरिकाले अगाडि बढिरहेको छ ।

रुसमा लेलिनकाे नेतृत्वमा विश्वसमुदायमा एउटा किसिमको लहर पैदा गर्ने गरि छाएको लाेकप्रियता स्टालिन मृत्यु पछि खुश्चाेबले प्रतिक्रान्ती लादे, चिनमा माओकाे महान क्रान्ति, लगायत विभिन्न क्रान्तिहरु केहि धक्का संसाेधनवादी शिविरमा पुगे र नेपाल काे इतिहासमै जनताकाे ठुलो त्याग, बलिदान, समर्पण र ठुलो विद्रोह संगठित गर्ने सफल माओवादी आन्दोलन पनि प्रचण्ड-बावुरामले नसाेचेकै गम्भीर बिचलन गद्दारि गर्दै आम जनताको परिवर्तनकाे आकंक्षामा गम्भीर चाेट पुर्‍याउँदै आम जनता र सहिद परिवारमा ठुलो निराशा छाएको छ।

नेपाल र नेपाली जनताको परिवर्तनको आकंक्षा पुरा गर्ने नयाँ कार्यदिशा काे विकास गर्दै नेपालमा दलाल पुजीवादी संसदीय व्यवस्थाका पक्षधर र बैज्ञानिक समाजवादका पक्षधर का बिचमा भिषण टकराब संघर्ष एकीकृत जनक्रान्ती  चलिरहेको छ ।

यिनै जनताको मुक्ति र स्वाधीनताका महाअभियानहरु क्रान्तिकारी कम्युनिस्ट श्रमिक बर्ग माथि आफ्नाे सत्ता र अस्तित्व जाेगाउन  शासकहरु रक्तपात पुर्ण तरिकाले  जनतामाथि शासकको नियति अनुसार  बन्दुकको भाषा बाेल्छन बाेलिरहेका छन। बिज्ञान गलत हुदैन। याे सामाजिक विज्ञान हाे। हरेक बस्तुलाई हेर्ने दृष्टिकोण सहि हुनुपर्छ । त्यो सहि दृष्टिकोण द्वन्द्दात्मक ऐतिहासिक भाैतीकवाद हाे ।

जनताका आवाज, आन्दोलन, विद्रोहहरु, आवाजहरु कहिल्यै पनि निस्तेज पार्ने शासकको सपना पूरा भएको छैन। शासकहरुकाे नियतिकाे निरन्तरता भनाै या इतिहास कालकाे सहिदकाे अपमान वा धिक्कार भनाै सँगै जनताको जनवादी सत्ताका निम्ति लड्ने र हजारौंको संङ्ख्यामा बलिदान गराउने आन्दोलनका नेतृत्व कर्ता शासनमा छन ।

संगैका आफ्ना सहयात्री माथि फेरि इतिहासमै दुखान्तकारि परिघटना दाेहाेर्याउदै एकीकृत जनक्रान्तीकाे कार्यदिशा मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्य का साथ  शान्तिपूर्ण राजनीतिक कार्यक्रम माथि प्रतिबन्धकाे घाेषणा गर्याे । फागुन महिनामा नेपाली जनताको रगत पसिना चुस्ने निगम पुजिवादकाे नेतृत्व गरेको कम्पनी एनसेलमाथि पाटीले चरणबद्ध रुपमा ध्वंसात्मक कार्वाही र नेपाली युवाहरु बेचेर कमिशन खाने म्यानपावर सञ्चालक माथि साङ्केतिक कार्वाही गर्याे ।

पार्टीले दुख ब्यक्त गर्याे, हामीले पनि दुख प्रकट गर्ने कुरा नै भयो । काठमाडौमा पार्टीले एनसेलमाथि कार्वाही गर्दा एकजना नागरिकको काे ज्यान गयाे । याे कुनै पार्टीकाे याेजना नभएर दुर्घटना भयाे । याे कुरा राज्यलाई बहना बनाउने सकेजती जनतामा युद्ध का पक्षपाती भनेर प्रचार गर्ने साधन बन्यो ।

पछिल्लो चरण राजनीतिक वृत्त निकै तातिरहेको थियो । आम युवा, किसान, मजदुर, कर्मचारी गाेलबन्द भइरहेका थिए। फागुन अन्तिम साता कम्युनिस्ट नै भन्ने सरकारले एक सच्चा माक्र्सवाद, लेलिनवाद र माओवादकाे अनुयायीका रुपमा अगाडि बढेको सम्पुर्ण श्रमजीवी जनताको अग्रदस्ता कमरेड विप्लवले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीमाथि फागुन अन्तिम हप्ता प्रतिबन्ध घाेषणा गर्याे ।

याे प्रतिबन्धकाे चाैतर्फि विराेध भयाे । स्वयं सरकारमा सहभागी दलका नेताहरु समेतले यसको बिराेध गरे । हामी आफै पार्टीकाे राजनीतिक कार्यक्रम लिएर गएका सक्रिय कार्यकर्ता समेत के हुन्छ कस्तो हुन्छ ? लगायत अलिअलि कतैकतै न मनाेभावनामा प्रश्नहरु उत्पन्न भय ।

तर पनि हामी जनताको मुक्ति का लागि  याे राष्ट्रकाे मुक्ति व्यक्तिगत जिवनकाे तिलाञ्जलि दिएर सचेत राजनीतिक विद्रोह मा सामेल भएकोले हामी राज्यको प्रतिबन्ध, दमन र बन्दुकको सामना गर्ने तयार छाै । हामीले आम जनता उत्पडित समुदायको माग अधिकार माग्दा उत्चतम संस्कार र स्वतन्त्रताको राज्य व्यवस्था काे माग गर्दा याे फाँसीवादी राज्य बन्दुक लिएर

आउने कुरा काे पनि राम्रो आँकलन गरेका थियौं ।  काेहि पार्टी भित्रका अवसरवादी पलायन हाेलान तर हामी सच्चा क्रान्ति गर्न निस्केका सिपाही हुदा हामी आत्तिने विषय नै थिएन । यसाे त राजनीतिक रुपमा आधिकारिक घाेषणा गरिएको दमनलाइ निरन्तर उचाइ प्रदान गर्ने गरिएको प्रतिबन्ध न थियो ।

अघाेषित रुपमा त कम्युनिस्ट सरकार बनेदेखि नै शान्तिपूर्ण राजनीतिक कार्यक्रम सभा सम्मेलन गर्ने नदिने गिरफ्तार गर्ने, झुट्टा मुद्दा लगाउने कार्य गरिएको थियोे । विराटनगरमा युवाको राष्ट्रिय सम्मेलन बाट कमरेड सुदर्शन लाई गिरफ्तारी गरि देशभरि यसको निरन्तरता कायम नै  थियो ।

त्यसकारण प्रतिबन्धमा कत्ति नआत्तिकन सचेत संकल्प गरेकाले यसलाई राज्य आतङ्क र दमन लाई कुल्चिनु हाम्रो दायित्व थियो । हामी जनताका झुपडीमा नै रमाइरहेका छाैं।

कहिले बर्षा काे सिमसिमे पानिमा भिज्ने, कहिले गर्मिकाे उच्च राप त कहिले हिउदे सिरेटाेकाे सामना गर्दै  कहिले पहाडका लेक, गाउँ, बस्ती, सहरबजार त कहिले शारदा नदिका बर्षे उर्लदा भेल, कहिले प्रसिद्ध कुमाख लेक, कहिल्यै प्रसिद्धि कुपिन्डे दहले हामीलाई थप राेमान्स उर्जा क्रान्ति प्रति प्रेरणा दियो भने क्रान्तिका मार्ग कहिले कालागाउ, कहिले बाफुखाेला, कहिले ढाकाडाम, कहिले बामे, कहिले झिम्पे, कहिले कपुरकाेट, कहिले कालिमाटी, झ्याम बुराँसेबाट पनि हामी जनक्रान्तीकाे सुगन्ध मय बिगुल निरन्तर फुकिरहेका छाै।

अनेकौं अुनुभव अनुभुती र पाठ सहित हामी हाम्रो यात्रा बाट विचलित नभइ अनैकाै घेराबन्दी संकट टार्दै अघि बढेका छाैं । प्रत्येक घरहरुमा पुग्दा भाेलि बिहानै त्यहाँ दुस्मनहरुकाे घेराबन्दी सुरु हुने त्याे घेरा ताेडेर अर्को गन्तव्यमा जाने हाम्रो दैनिकी नै छ। कहिलेकाही लाग्छ अपराधी खुलियाम हिडिरहेका छन तर हामी सुन्दर समाज काे परिकल्पना गर्ने  माथि दलाल राज्य द्दारा खटाइएका प्रहरीहरु दमन कुनै अपराधी भन्दा कम नभएर एकदम कुरुर छ ।

अर्कोतिर राज्य आतङ्क पञ्चायतलाई मास गर्दै पार्टीका नेता, कार्यकर्ता, घरमा बसिरहेका शुभचिन्तक, स्कुलमा पढिरहेका विद्यार्थी, व्यापारी, शिक्षक लगायत गाउँमा सर्च अप्रेसन गरि परिवार तथा समाजमा मानसिक तनाव दिदै राज्य पुर्ण युद्ध अभ्यास गरिरहेकाे छ

यता हाम्रो भेटघाट पार्टी नेता कार्यकर्ता, शुभचिन्तक, विशेष जनयुद्धमा त्याग लगानी कर्ता, सहिद वेपत्ता परिवार र आम बुद्धिजीवी राजनीतिक दलका इमानदार कार्यकर्ताहरु भेटघाट र छलफल मै अन्य निति कार्यक्रम मै व्यस्त भइराख्याैं । वर्तमान फाँसीवादि राज्य व्यवस्थाका कर्तुतहरुकाे राम्रो छलफल गर्याै । सबै आम निष्कर्ष याे व्यवस्था बाट निराशा, असुन्तुष्टी र संकट नै देखियो ।

सहिद परिवार संगका प्रत्येक भेटले नयाँ उर्जाकाे रक्तसञ्चार गरिरहेकाे छ। एउटा सहिद परिवार आमाकाे घरमा बस्दा हामी फर्कदै थियौ । उहाँले भावुक भएर  फेरिफेरि आउनुहाेला बाबु मेरो छाेरा आएकाे आभास हुन्छ भन्नुभयो। म भावुक भए । तपाईंका छाेराकाे सपना पूरा गर्ने हामी दिनरात खटेका छाै भनेर फर्कियाै ।

राजनीतिक प्रतिबन्धकाे पनि शसक्त विरोध गरेका छन । आम मान्छेहरुले सकारात्मक अभिव्यक्ति दिन्छन् तर प्रचण्ड जस्तै विप्लव नबुन भन्ने शुभ इच्छा व्यक्त गरे। प्रत्येक गाउँ, बस्तिहरु, आम किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित आम उत्पिडित समुदायलाई याे व्यवस्था ले उनको जिवनमा छाेएकाे आभास पाउन सकेका छैनन् ।

गाउँ बस्तिहरु रित्तिएका बेरोजगारीकाे महामारीले युवाहरू खाडी मुलुकमा विवशताकाे जीवन बेत्तित गरिरहेका छन। गरिबले पढ्न पाएका छैनन् र स्वास्थ्य उपचार पाएका छैनन् । महिला हरु माथि दमन शाेषणले उनिहरु पिडित छन। उनै छन झुपडी का विरह जाे भाेकमरि काे सामना गरिरहेका छन। गाउँ गाउमा स्थानीय सरकार का चर्को कर अशुल्दै ब्रहमलुट मच्चारहेका छन ।

उनका आसेपासे उपभोक्ता समिति ठेक्का सञ्चालन गरि दुई महिनामै भत्किने पुलपुलेसा, भबनहरु, सडकहरू खानेपानी हरु निर्माण गरिरहेका छन । आफ्ना कार्यकर्ता कर्मचारीका नाममा दिउँसै भर्ति भइरहेका छन । यिनी बिषय प्रति सरकार व्यवस्था स्थानीय तहप्रति जनताको घिर्णा पैदा भएको छ । गाउँमा टाँठा बाठाहरुले ठगी मच्चारहेका छन । अनि समाज सामाजिक विकृति मा लिप्त केही भएका युवाहरु याे देश र स्वाधीनता का विषयमा बेखवर छन ।

तमाम समस्याहरु छन । अनि मैले याे देशको राजनीति, संविधान, समाजवादकाे प्रचार सुन्दा गाउँ बस्तीका समस्या नियाल्दा लाग्छ साँच्चै कति फेकतन्त्र र लुटतन्त्र रहेछ भनेर । चुनाव विभिन्न नारा समृद्धि शान्ति मन्त्र जपेर आफु आलिसान महलमा मा गएर जनतालाई भ्रम दिन लागेको धेरै भइसकेको छ ।अनि कसरी बन्छ समृद्ध समाज ? हरेक प्रश्नहरुकाे बाढिले खेल्न थाल्छ ।

यिनै विषयको रुपान्तरण र देशमा अग्रिम सभ्यता बैज्ञानिक समाजवाद काे विषयमा बहस गर्दा प्रतिबन्ध दमन कुनै इतिहास का आततायी शासक भन्दा कम दमन छैन केपि, प्रचण्ड र बादलहरुकाे । जेल काेचेर राजनीति आन्दोलन सक्ने दिवा सपना देखेका केपि प्रचण्डहरु नक्कली मुडभेटका नाममा शान्तिपूर्ण राजनीतिक कार्यक्रममा रहेका तिर्थ घिमिरे, कुमार पाैडेल लगायतको हत्या गरे ।

सल्यानमा दुई दर्जन नेता कार्यकर्तालाई झुट्टा मुद्दाका साथै  कक्षा ९ मा अध्यनरत १४ बर्षिय पुष्कर सुनारलाइ गिरफ्तारी राज्यले फाँसीवादकाे नाङ्गो नमुना देखायो । हामी भावविह्वल पनि भह्याै । राप्ती व्युराेकाे ब‌ैठकबाट पार्टीका आशाका केन्द्र बिन्दु  केन्द्रीय सदस्य विरजंग र सुवास क्रान्तिकारी प्रतिभावन नेता सविन, सुन्दर, क्रान्तिकारी स्प्रिटका साथ अघि बढेका नेता चन्द्र, प्रयास, प्रदिप, विक्रम र कम्युनिस्ट आन्दोलनका इमानदार व्यक्तित्व बीस्व  लगायत २१ जनाकाे गिरफ्तारी भयाे।

वाह बादल ! तिम्रो नैतिकता, वाह प्रचण्ड ! तिम्रो नैतिकता यहीँ हाे ? मनले कत्ति साेच्दैन कि त आलिसान महल, पधेरा गाडी, काला डिनर चुस्कि र रक्सी ले उन्माद बनाएर मात्तियाै ? तिनिहरु तिम्रै हिजोका चेला सदस्य हाेइन। तिनि कसरी अपराधी भय ? तिमिले हिजाे उठाएकाे मुद्दा आज सम्म उठाएका र तिम्रै हिजाेकाे बाटाेमा हिडेका छन भने कसिरि जेल ?

प्रश्नको जफाव चाहिएकाे छ प्रचण्ड कमरेड । १७हजार सहिदको बलिदान काे जफाव चाहिएको छ । याे जफाव बाट तपाई बेकुफ प्रचार गर्दै हिड्नु भयो । अझ बन्दुक ले निस्तेज गर्न लाग्नु भने यहाँ ठुलो महामारी मय ज्वालामुखीमय धक्का बिस्पाेट भएरै छाड्ने छ ।

जस्तोसुकै चुनाैतिकाे सामना गर्नु पराेस तिम्रो शान्तिपूर्ण राजनीतिक कार्यक्रम मा झण्डै एक दर्जन ले सहादत प्राप्त गरेका छन । उहाँहरु पार्टिकाे हाेनाहार युवा प्रतिभा हाे । पार्टीलाई अतुलनीय क्षति भएको छ । तर बैज्ञानिक समाजवाद प्राप्तिको अभियान मार्ग झन प्रज्वलित भएको छ सहिदहरुकाे रगतले ।

उनिहरु फाँसिवादि प्रचार र अभिव्यक्ति दिए। झापा विद्रोह बाट भागेका केपि र जनयुद्ध बाट भागेका प्रचण्डले आफैले उठाएका राजनीतिक मुद्दाका विरुद्ध राणा पञ्चायत लाई उछिन्दै निशस्त्र नागरिकको बर्बरता पुर्ण हत्यामा संलग्न भय युद्धको घाेषणा गरे। काङ्ग्रेसीहरुले कम्तीमा राजनीतिक स्वतन्त्रताको वकालत गर्ने कुरा सम्माजनक छ।

हिजो गाउँ गाउँमा दिनहु सर्वसाधारण दाेहाेराे भिडन्तका नाममा मरिरहेका हुन्थे । किलो सेरा टु ,राेमियाे अप्रेसन चलिरहेका रहेका थिए । जनयुद्धका सहयात्री बादलले संसदमा पटकपटक दिने अभिव्यक्ति भित्र अमानवीयता, क्रुर फासिस्ट शासकको चरित्र प्रर्दशन गर्दा उनिलाइ कत्ति लज्जाबाेध र आत्मगलानि हुदैन हाेला ?

जनयुद्ध रगत बगाउने सहिद परिवार याे प्रश्नको तुफान ले जेलिरहेकाे छ। तर हामीले इतिहास काल बुझेका छाै । जनताको आन्दोलन कहिल्यै शासकका अगाडि दमनले झुक्दैन । महाविष्फाेटमय तरिकाले अगाडि बढ्छ ।

त्यो हिजो इतिहास मानव मुक्ति मार्ग राेल्पा, रुकुम र सल्यम समग्र राप्ती देखेकाे सपना गरेकाे लगानी र समग्र नेपाल आमाका छाेराहरुले बगाएको रगत यहि व्यवस्था का निम्ति थिएन । हामी घृणीत छाैं । याे राज्यको दमनको बदला लिन तयार भएकै छाैं ।

याेद्दाहरुले उच्च बलिदान गरेका छन । उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली ! आम सहिद परिवारहरु निराश नहुनुहाेस तपाईंको छाेराछाेरि बगाएको रगतको मुल्य स्थापित गर्ने हामी लागेकै छाैं। नेपाल कम्युनिस्ट पाटिले युद्ध चाहेको छैन। पुजीवादी व्यवस्था युद्ध हाे । याे बाट जनताले शान्ति सुव्यवस्था प्राप्त गर्ने सक्दैनन् ।

पुजीवादी व्यवस्थाकाे पराजय संगै बैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य बन्न गएको छ । यसबाट मात्रै जनताको,राष्ट्रकाे स्वाधीनता सम्भव छ ।आम युवा विद्यार्थी कसैको दास हाेइन स्वतन्त्रताको लडाइँमा हाेमिनु पर्ने भएको छ ।

अनि कहाँ कहिले टिक्न सफल भएको छ र ? शासकको प्रतिबन्ध झन केपि-प्रचण्डकाे कुरै छाेडाै । प्रत्येक गाउँ र सहरबाट बाट फुगिने विगुल, बन्ने आधारइलाका, जनसत्ता र  शक्तिशाली जनकम्युनहरु निर्माण गर्दै कम्युनिस्ट आओचरण संस्कार विकास गर्नुपर्ने  एउटा युगान्तकारी धक्का लुटेरा हरुकाे व्यवस्था उपर दिनुपर्ने भएको छ । प्रतिरोध मय हुरि ल्याउनु पर्ने भएको छ ।

फुगिने विगुल, बन्ने आधारइलाका, जनसत्ता र शक्तिशाली जनकम्युनहरु निर्माण गर्दै कम्युनिस्ट आचरण संस्कार विकास गर्नुपर्ने  एउटा युगान्तकारी धक्का लुटेरा हरुकाे व्यवस्था उपर दिनुपर्ने भएको छ । प्रतिरोध मय हुरि ल्याउनु पर्ने भएको छ ।

लेखक सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला सचिवालय सदस्य हुन् 

प्रकाशित मिती २०७५ कार्तिक २१ गते