लेकाली अनलाइन समाचारकाे प्रभाव: मालपाेत सल्यानकाे समस्या मन्त्रालयमा !


कार्तिक २१, सल्यान । मालपोत कार्यालय सल्यानबाट प्रदान गरिने सेवा सुबिधालाई छिटो, छरितो र सहज बनाउन नागरिक समाजले माग गरेको छ । मंगलबार लेकाली अनलाइनले मालपाेत कार्यालयमा स्थलगत रिपार्टिङ गरेर त्यहाँ इन्टरनेट सर्भर नचल्दा सेवाग्राहीले पाएकाे दुखकाे समाचार र भिडियाे सार्वजनिक गरेपछि नागरिक समाजले चासाे देखाउदै मन्त्रालयमा पत्र पठाएकाे छ ।

बिहीबार जिल्लामा क्रियाशिल नागरिक अधिकारीकर्मी र पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने मार्फत भूमि, ब्यबस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालय सिंहदरबारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मालपोत कार्यालयमा रहेको सफ्टवयरको मूख्य सर्भर सिंहदरबार सेन्टरबाट नियन्त्रण हुने र सोही ठाँउमा आउने समस्याका कारण जिल्लामा पनि समस्या आई रहने भएकाले यसलाई दिगो रुपमा समाधान गर्न ध्यानाकर्षण पत्र बुझाईएको हेड नेटवर्क सल्यानका अध्यक्ष तोरण बुढाथोकीले जानकारी दिए ।

नेपालकाे संबिधान २०७२ काे धारा ५१ (४) मा नागरिकले छिटाे र छरिताे तरिकाले सेवा प्राप्त गर्ने अधिकार भएपनि मालपाेत कार्यालयमा त्यस्ताे नदेखिएकाे नागरिक समाजकाे निष्कर्ष छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी न्याैपानेले आफुले पनि मालपाेत कार्यालयकाे समस्या सुनेकाे र सल्यानबाटै समस्या सामाधान नहुने भएकाेले मन्त्रालयमा पहल गर्ने बताए ।

याे समाचार पढ्नुहाेस् :  मालपोत कार्यालय सल्यानमा इन्टरनेट सर्भर नचल्दा ३ दिनदेखि सेवाग्राही पालो कुर्दै

याे भिडियाे हेर्नुहाेस् :