वीरगन्जमा चलचित्र महोत्सव

कात्तिक २२, वीरगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएको वताएकी छिन् । वीरगन्जमा बिहीबारदेखि शुरु भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्नेमा माध्यम भएकोले यसलाई समय सापेक्ष विकास गर्दै लानुपर्ने बताइन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकूल बाँसकोटोले नेपाली चलचित्रहरुले परिवर्तन र क्रान्तिको सकारात्मक पक्ष र त्यसले दिएको उपलब्धिको कथाहरु पनि समेटेको हुनुपर्ने बताए । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नेपालमा अझै पनि नेपाली चलचित्रहरुको सम्भावना प्रचुर रहेकोले बाहिरी कलाकार भन्दा पनि नेपालकै कलाकारहरुलाई बढी माया गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चलचित्र क्षेत्रलाई पनि राज्यले उचित स्थान र संरक्षण गर्नुपर्ने बताईन् । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले नेपाली चलचित्रको अर्धदशक यात्रामा स्थानीय भाषा र संस्कृतिहरु समेटिने मौलिक कथाहरुलाई स्थान नपाएकोमा महोत्सवले स्थानीय भाषा र संस्कृतिलाई पनि प्रोत्साहन गर्ने अपेक्षा गरे ।