सल्यानकाे त्रिवेणी गाउँपालिकाले बनायाे २० लाखमा दुईकाेठे वृद्धाश्रम

कार्तिक २२, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले वृद्धाश्रम भवन बनाएकाे छ । २० लाखकाे लागतमा गाउँपालिकाले दुई कोठे भवन निर्माण गरेको हाे ।

अशक्त र घरबार विहिन वृद्धवृद्धाहरुको संरक्षण होस भनि वृद्धाश्रम निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले बताए ।

बृद्धाश्रम संरक्षण तथा संचालनको लागि त्रिवेणी तिर्थशाला धामलाई जिम्मा दिइएको छ । वृद्धाश्रम त्रिवेणी गाउँपालिकाको केन्द्र लुहाममा निर्माण भएको छ ।