किसानले बाेरामा भरेकाे धानलाई प्रहरीले खेतबाटै ट्याक्टरमा हालेर चाैकीमा लियाे

कार्तिक २२, कपिलवस्तु । जनताले काटेर घर लैजान ठिक्क पारेर बोरामा भरेर राखेको धान खेतबाटै प्रहरीले उठाएर लगिदिएको छ । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका -११ देउवाबार मा किसानले जोतभोग गर्दै आएको जग्गाको धान प्रहरीले कब्जामा लिएको हो ।

गत बिहिवार ईलाका प्रहरी कार्यालयले खेतमा बोरामा भरेर राखिएको ६० क्विन्टल धान कार्यलयका प्रहरीले ट्याक्टरमा हालेर लगेका स्थानीय किसान भगवानदास चौधरीले बताएका छन । उनको अनुसार साझ ६ बजेतिर आएर बोराहरुमा राखेको सबै धान उठाएर लगेका हुन, गाउकै जमिनदारको मिलेमतो मा यस्तो गरेको चौधरीले बताए ।

याे जग्गा जनयुद्वमा भुमाफियाहरूबाट खाेसेर तत्कालिन माओवादीले आफ्नाे नियन्त्रणमा लिइ जग्गा नहुँने स्थानीयहरूलाइ उपभाेग गर्न दिएकाे थियाे । त्यही अनुसार स्थानीयहरूले यसमा उपभाेग गर्दै आएका थिए ।